प्रेमध्वजको स्मृतिमा प्रतिष्ठान स्थापना 

काठमाडौं ।  गायक स्व गायक प्रेमध्वज प्रधानको प्रथम वार्षिक पूण्यतिथि पारेर उनको सम्झनामा गोल्डेन भ्वाइस प्रेमध्जव प्रधान स्मृति प्रतिष्ठान स्थापना गरिएको छ।

राजधानीमा उनको परिवारले एक कार्यक्रम आयोजना गरी उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै प्रतिष्ठान स्थापना गरेको हो। किध्र अफ मेलोडीको उपनामले समेत परिचित प्रेमध्वजको नेपाली संगीत क्षेत्रप्रतिको योगदानलाई सदा स्मरण गराउने उद्येश्यका साथ स्थापित प्रतिष्ठानले सांगीतिक क्षेत्रका दिग्गज व्यक्तिलाई गोल्डेन भ्वाइस प्रेमध्वज प्रधान संगीत सम्मान तथा नयाँ पुस्ताका संगीतकर्मीलाई पुरस्कार प्रदान गर्ने जनाएको छ। प्रेमध्वजकी पत्नी तथा प्रतिष्ठानकी अध्यक्ष एवं संरक्षिका किरण प्रधानका अनुसार प्रेमध्वजको जीवनी, सांगीतिक यात्रा, सांगीतिक संघर्ष तथा योगदानका बारे जानकारी लिन चाहनेका लागि स्रोत केन्द्रको रुपमा प्रतिष्ठान स्थापना गरिएको हो। प्रतिष्ठानको कार्यालय राजधानीको बागबजारस्थित प्रेमध्वजकै निवासमा रहेको छ।

कार्यक्रममा ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठले प्रेमध्जवसँगको भेटघाटबारे स्मरण सुनाए। ञमलाई पहिलेदेखि नै गायनमा रुचि थियो र प्रेमध्वज दाइको गीतहरु सुन्थे । मेरो फूपुको छोरा इश्वरलाल श्रेष्ठमार्फत उहाँसँग पहिलो भेट ज्याठास्थित उहाँकै निवासमा भएको थियो। पहिलो भेटमा नै मैले उहाँलाई नेपाली तथा नेवारी गीत गाएर सुनाएको थिएँ। उहाँले तिम्रो स्वर राम्रो रहेछ, टाइमिध्र पनि पक्का रहेछ गाउँछौ भने म गीत दिन्छु भनेर एउटा नेवारी गीत दिनुभयो। सोही गीतमार्फत मैले गायन सुरुवात गरेको थिएँ भने २०२६ सालमा झोँछेमा भएको नेवारी भाषाको गीत कम्पिटिसनमा उक्त गीत गाएको थिएँ। त्यसमा सहभागी २९ जनामा म पहिलो भएँ र पुरस्कार पाएँ। पुरस्कार लिन जाँदा मेरो खुद्मा लगलग कामिरहेको थियो। पहिलो गीतमार्फत नै फस्ट भएको कारण त्यही इनर्जीले अहिलेसम्म काम गरिरहेको छ। उनले प्रेमध्वजले दिएको पहिलो गीत गाएर सुनाएका थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर