• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

महानगरमा एमालेभन्दा एकीकृत समाजवादी शक्तिशाली !

काठमाडौं । स्थानीय तह निर्वाचनको मत मतगणना अझै सम्पन्न भएको छ । देशभर ६ वटा महानगरमध्ये विराटनगर महानगरको मात्रै मत गणना सम्पन्न भएको छ । पाँच वटा महानगरको मत परिणाम सम्पन्न हुने अन्तिम चरणमा रहेको छ । विराटनगर महानगर भने कांग्रेसका नागेश कोइरालाले जितेको छ । बाँकी रहेको पाँच वटा महानगरमा पनि एमालेका उम्मेदवार निकै मतान्तरले पछाडि रहेका छन् । गत ०७४ को स्थानीय तहको निर्वाचनमा एमालेले काठमाडौं महानगर र पोखरा महानगर जितेको थियो । यस पटक यि दुवै महानगर भने एमालेको हातबाट फुत्किने देखिन्छ । यि दुवै महानगरमा एमालेका उम्मेदवार निकै मतान्तरले पछाडि रहेका छन् ।

यस्तै एमालेले निकै प्रतिष्ठाको रुपमा लिएको चितवनको भरतपुर महानगरमा पनि शाख गिरेको छ । भरतपुर महानगरमा सत्तारुढ गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालसँग एमाले–राप्रपा र राप्रपा नेपाल लगायतका दलहरुको गठबन्धनको तर्फबाट एमालेका उम्मेदवार विजय सुवेदी १० हजारभन्दा बढी मतान्तरले पछाडि परेका छन् । 

यस्तै ललितपुर महानगरमा गठबन्धनका तर्फबाट कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु श्रेष्ठभन्दा एमालेका हरिकृष्ण व्यन्जनकार १५ हजारभन्दा बढी मतान्तरले पछि छन् । काठमाडौं महानगरमा त एमालेको उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा रहेका छन् । स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ४६ हजार मतका साथ अग्र स्थानमा रहेका छन् भने दोस्रो स्थानमा गठबन्धनको तर्फबाट कांग्रेसकी सृजना सिंह साढे २७ हजार मतका साथ पछ्याइरहेकी छन् ।

स्थानीय तहको निर्वाचनको मुखैमा वीरगञ्ज महानगरका मेयर नै एमाले प्रवेश गरे । जसपाबाट मेयरमा ०७४ सालमा विजयी भएका विजयकुमार सरावगी कार्यकालको अन्तिममा एमाले प्रवेश गरे । उनको एमाले प्रवेशलाई लिएर जसपाको संकटको रुपमा लिइएको थियो । तर उनी जसपाको मेयरका प्रत्याशीका सामू सबैभन्दा निरिह सावित भए । सरावगीले २० हजार मत ल्याउँदा जसपाका मेयर उम्मेदवार राजेशमान सिंहले झन्डै ४० हजार मत ल्याएर अग्र स्थानमा रहेका छन् ।

महानगरमा एमालेभन्दा एकीकृत समाजवादी बलियो

स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी क्षति भने एमालेलाई भएको छ । अहिले केही महानगर र उपमहानगर बाहेक सबै स्थानीय तहको मत परिणाम आइसकेको छ । ०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेले ६ मध्ये २ महानगर, ११ मध्ये ७ उपमहानगरसहित २९४ वटा पालिकामा विजयी भएको थियो । यसपटक भने एमाले महानगरमा निल हुने देखिएको छ भने यसअघि ७ उपमहानगर जितेको एमालेले २ वटा उपमहानगर जितेको छ । दाङको घोराही र बाराको कलैया उपमहानगर जितेको एमालेले दाङकै तुल्सीपुर उपमहानगरमा झिनो मतको अग्रता लिएको छ । एमालेले यसअघि आफूले जितेका मध्ये मकवानपुरको हेटौंडा, सुनसरीको धरान र इटहरी, रुपन्देहीको बुटवल, र बाराको जितपुरसिमरा गरी ५ उपमहानगर गुमाएको छ ।

 तर एमालेबाट विभाजित भएको नेकपा (एकीकृत समाजवादी) भने महानगरमा एमालेभन्दा बलियो देखिएको छ । भर्खरै स्थापना भएको एकीकृत समाजवादीले १ उपमहानगरसहित १७ वटा पालिका जितेको छ । भने पोखरा महानगरसहित २ स्थानमा अग्रता लिइरहेको छ । पोखरा महानगर भने एमालेबाट फुत्काएर एकीकृत समाजवादीले आफ्नो पक्षमा पार्ने देखिएको छ । एकीकृत समाजवादीका धनराज आचार्य एमालेका कृष्ण थापाभन्दा ५ हजार १ सय मतान्तरले अघि छन् । एमाले महानगरमा निल हुँदै गर्दा एमालेबाटै विभाजित भएको एकीकृत समाजवादीले भने महानगरमा स्थान सुरक्षित गर्ने भएको हो । एमालेले ०७४ मा २ सय ९४ तह जितेर पहिलो पार्टी बनेको थियो । तर पाँच वर्षको अन्तरालमा ९० तह गुमाएर कांग्रेसलाई पहिलो दल बनाएर आफू दोस्रो दलमा झरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर