लुम्बिनी नगरपालिका मेयरमा कांग्रेस र उपमेयरमा एमाले निर्वाचित

भैरहवा । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका मेयरमा  कांग्रेस र उपमेयरमा  एमाले विजयी भएको छ ।

कांग्रेसका सजरुद्दीन मुसलमान ८ हजार २११ मतसहित मेयरमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका चन्द्रकेश गुप्ता २ हजार ६१५ मतको अन्तरले पराजित भए ।  गुप्ताले ५ हजार ५९६ मत पाए ।

उपमेयरमा एमालेकी कल्पना हरिजन निर्वाचित भएकी छन् । ६ हजार १६९ मत पाएर निर्वाचित हुँदा जनता समाजवादी पार्टीकी सबनम जहाँ शेषले ४ हजार ९०९ मत पाएकी छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर