शाहीको पहिलो निर्णय घाइतेको उपचाारदेखि निशुल्क बाली विमासम्मको कार्यक्रम 

सुर्खेत।  कालिकोट रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाही (पोषण)ले आफ्नो पहिलो कार्यकालको निर्णय सार्वजनिक गरेका छन् । 

पद बहालीको क्रममा पहिलो निर्णयको रुपमा जनयुद्धकालिन अपाङ्गहरुको परिचय पत्रको आधारमा स्वास्थ्य उपचार देखि शहिद, बेपत्ता, द्धोन्द्धपिडित, घाइते अपाङ्ग तथा सिमान्तकृत परिवारका जेहेन्दार बालबालिकालाई उच्च शिक्षा अध्ययनका लागी एउटा छात्रा एउटा छात्र कोटा निर्धारण गर्ने निर्णय सार्वजनिक गरिएको छ  । 

मंगलवार आफुनो पदभार समाल्दै शाहीले यस्तो निर्णय गरेका हुन् । उनले नगरपालिकाको आर.सि.पि. बजारका भएको अव्यस्थित खानेपानी तथा सरसफाइ व्यवस्थापन गरिने र रास्कोट अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गर्ने बताएका छन् । 

उनले नगरपालिका भित्रका  ७० बर्ष माथिका जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता घरघरमै पु¥याउने व्यवस्था गरिने बताएका छन् । किसानहरुको लागी नगरपालिका भित्र  निशुल्क बालि तथा पशु पन्छी विमा कार्यक्रम लागु  गर्ने र किसानहरुको लागी राहतको कार्यक्रम ल्याउन लागिएको समेत जानकारी दिए । 

यस्तै लामो समय देखि बन्द रहेको रास्कोट बहुमुखि क्याम्पस संचालनको लागी नगरपालिकाको तर्फबाट यथाशिघ्र पहल गरी त्यसलाई संचालनको लागी पहल गर्ने समेत उनले जानकारी दिए । 

नगर प्रमुख शाही जनयुद्धकाल देखि को स्थापित नेता हुन् दोस्रो स्थानीय निर्वाचनबाट नगर प्रमुखको रुपमा कार्यकाल समालेका शाहीबाट जनयुद्धकालिन माओवादी पार्टी भित्रका कार्यक्रताले धेरै ठुलो राहत महसुस गरेको बताउने गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर