• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

माओवादीले नवनिर्वाचित जनप्रतिनिधिलाई सत्ता संचालन तालिम दिने

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई सत्ता संचालन सम्बन्धी तालिम दिने भएको छ । आज बुधबार बसेको माओवादी पूर्व स्थायी समितिको बैठकले आगामी जेठ १८ र १९ गते स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई काठमाडौंमा प्रशिक्षण दिने निर्णय गरेको हो । 

उनीहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजनीतिक तथा अन्य विषय विज्ञहरुले सत्ता संचालन सम्बन्धी प्रशिक्षण दिन लागेका हुन् ।  नेकपा माओवादीले स्थानीय तह निर्वाचनमा ७५३ स्थानीय तहमध्ये १२१ स्थानीय तहमा जित हासिल गरेको छ ।

अघिल्लो स्थानीय तहको चुनावमा जितेका ३ दर्जनभन्दा बढि स्थानीय तह गुमाएपछि माओवादीले जनतामा प्रभावकारी काम कसरी गर्ने र आफ्नो पकड कायम राखिरहने भन्ने बारे प्रशिक्षण गर्न लागेको हो । माओवादीले यसपटकको स्थानीय तह चुनावमा नयाँ पालिकाहरु थपेपछि पुराना पालिकाहरु गुमाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर