• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

थप २१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार २५ पिसिआर परिक्षणका क्रममा १४ जना र १ हजार ६ सय ३ एन्टीजेन परिक्षणका क्रममा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

कोरोनाका कारण बिहिबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १३ संक्रमित निको हुदा हालसम्म नेपालमा ९ लाख ६७ हजार २४ जना निको भएका छन् । हाल नेपालमा १ सय २९ सक्रिय संक्रमित आईशोलेसनमा रहेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर