हरर फिल्म ‘अपीच्य’ को पोस्टर सार्वजनिक 

काठमाडौं ।  नेपाली हरर फिल्म ‘अपीच्य’ को पोस्टर सार्वजनिक गरिएको छ । युवा निर्देशक प्रदीप खड्गीद्वारा निर्देशित यो हरर फिल्मको पोस्टर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको हो ।

फेसबुकमार्फत आफ्नो फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्देशक खड्गीले लेखेका छन् – ‘हरर फिल्मको फस्ट लुकलाई सार्वजनिक गर्न पाउँदा हामी अत्यन्त खुसी छौं । अब चाँडै नै सिनेमा हलहरुमा लाग्दैछ ।’

डेल्टा मल्टिमिडियाको ब्यानरमा सुदन श्रेष्ठ, धर्म महर्जन र सुरेश महर्जनले यो फिल्म निर्माण गरेका हुन् ।

फिल्ममा सनिष शाक्य, सलोना बज्राचार्य, सुरज व्यञ्जनकार, रवि गिरी, रचना सिंह, सुरेन्द्र मानन्धर, कृष्णभक्त, राजेन्द्रकुमार, लक्ष्मीकुमार महर्जन, विनेश श्रेष्ठ, लूनिभा खड्गी, लक्ष्मीनाथ मजगैयाँ आदि कलाकारको मुख्य भूमिका छ ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर