• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

नाक, कान, घाटी रोग बिशेष उपचार ग्रामिण तहसम्म पुर्‍याउन ठूलो चूनौति छ – राष्ट्रपति (भिडियाे)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण एशियामा देखिएका रोग, बेरोजगारी जस्ता साझा चूनौतिलाई सामना गर्न सामुहिकत्व आवश्यक पर्ने बताएकी छन् । शुक्रबार काठमाडौंमा नाक, कान, घाटी रोगका विषेशज्ञहरुको दक्षिण एसियाली क्षेत्रीय सम्मेलनमा बोल्दै उनले दक्षिय एसियामा देखिएको साझा चुनौतीलाई सामान गर्न जनस्तरबाटै सहयोग पारस्पारिक भावना र सामुहिकत्व आवश्यक पर्ने बताएकी हुन् । 
उनले नेपालमा नाक, कान, घाटी रोग बिशेष उपचार ग्रामिण तहसम्म पुराउनुपर्ने ठूलो चूनौति रहेको धारणा राखिन् । हरेक नागरिक समक्ष बिशेषज्ञ सेवा पुराउने राज्यको लक्ष्य हुनुपर्ने भन्दै उहाले यसका लागि सरकारले आवश्यक समन्वय गर्नुपर्ने उल्लेख गरिन् ।  

सम्मेलनले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन सदस्य राष्ट्रहरुमाबीचमा जनस्तर र विज्ञसमुदायबीच आपसी सम्बन्ध अभिवृद्धि गर्न मद्दत पुग्ने उनको विश्वास छ । 

त्यस्तै उहाले नाक, कान र घाँटीको निदान एवं उपचारमा विकास भएका उत्तम प्रविधिको बारेमा एकआपसमा सहकार्य हुनुपर्ने पनि बताइन् ।  

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर