बिकाशका काममा सवै जनप्रतिनिधिले साझा सहमती बनाऔं – प्रदेशसभा सदस्य थापा

महोत्तरी । महोत्तरी क्षेत्र न.१ (क) कि प्रदेशसभा सदस्य सारदादेवी थापाले बिकाशका लागी जिल्लाभरका सवै जनप्रतिनिधिहरुको साझा सहमति बन्नुपर्ने वताएकी छन् ।

रोडट्र्याक कलव बर्दिबासले आयोजना गरेको स्वागत सम्मान कार्यक्तममा बोल्दै थापाले जनप्रतिनिधिहरु जन्ताको मुद्दामा सधै तत्पर रहनुपर्ने औल्याइन् । 

जन्ताको काममा ब्यवस्त हुनुपर्ने जनप्रतिनिधिले जन्ता कै समस्यासँग नजिक रहनुपर्ने वताउदै थापाले भनिन – ‘जन्ताको कुरा सुनेपछीमात्र बिकाशमा अगाडि बढनुस् ।’

विकाशका मोडेलहरु तयार गर्दा जन्ताका आधारभुत आवस्यक्तालाइ प्राथमिकतामा राखेर दिर्घकालिन बिकाशको ग्राफ तयार गर्न पनि सदस्य थापाले सल्लाह दिइएकी छन् ।

उक्त स्वागत सम्मान कार्यक्रममा बर्दिबासका नगरप्रमुख, उपप्रमुखसहित  १४ वटै वडाका निर्वाचित वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

नव निर्वाचित नगरप्रमुख प्रल्हाद क्षेत्रीले पनि बिकाशका लागी सवैसँग साझा सहमती बनाउनेमा प्रतिबद्धता जनाएका छन । सवै राजनितिदलहरुसँग  मिलेर समृद्ध बर्दिबासको अवधारणालाई अगाडी बढाउने नगरप्रमुख क्षेत्रीको भनाइ छ । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर