• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

रियाल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि 

काठमाडौं । स्पेनिस क्लब रियाल मड्रिडले इङलिस क्लब लिभरपुललाई १–० गोलको नतिजामा पराजित गर्दै च्याम्पियन्स लिगको उपाधि जितेको छ ।
फ्रान्सको राजधानि पेरिसस्थित स्टेड  डी फ्रान्स स्टेडियममा सनिबार राति सम्पन्न खेलमा लिभरपुललाई हराउँदै रियालले सर्वाधिक १४औं पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो ।


रियालको जितमा ब्रजिलियन खेलाडी भिनिसियस जुनियरले ५९औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
त्यसअघि पहिलो हाफमा करिम बेन्जेमाले गरेको गोल अफसाइड भएको थियो ।

खेलअवधि भरि लिभरपुलले गोल गर्ने थुप्रै अवसर सृजना गरेपनि रियालका गोलकिपर थिबाउट कोर्टुवाले त्यसलाई उत्कृष्ट बचाउ गर्दै स्कोरमा कन्भर्ट हुुन दिएनन् ।
अन्तिम समय सिजन २०१७्१८ मा रियालले १३औं च्याम्पियन्स लिग उपाधि जित्दा पनि फाइनलमा लिभरपुललाई नै हराएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर