• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

 गणतन्त्र जनताको असाधारण बलिदानीपूर्ण संघर्षहरुको प्रतिफल हो–सभामुख 

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले गणतन्त्र दिवसको शुभकामना व्यक्त गरेका छन् ।  १५ औं गणतन्त्र दिवसको अवसरमा सभामुख सापकोटाले शुभकामना सन्देश जारी गर्दै नेपाली दिदीबहिनी एवं दाजुभाइहरुमा बधाई एव. शुभकामना व्यक्त गरेका हुन्।

परिवर्तनकामी सचेत नेपाली जनताको असाधारण बलिदानीपूर्ण संघर्षको प्रतिफलका रुपमा गणतन्त्र स्थापना भएको सापकोटाले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ ।

‘२०६५ जेठ १५ गते संविधानसभाको ऐतिहासिक पहिलो बैठकबाट घोषणा गरिएको गणतन्त्र परिवर्तनकामी सचेत नेपाली जनताको असाधारण बलिदानीपूर्ण संघर्षहरुको प्रतिफल हो,’ सापकोटाले भनेका छन्, ‘यस महत्वपूर्ण दिनमा गणतन्त्र स्थापनाका लागि भएका जनयुद्ध र जनआन्दोलनमा जीवन उत्सर्ग गर्नु हुने सम्पूर्ण महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। गणतन्त्र प्राप्तिको लामो र कठिन संघर्षमा घाइते तथा अपाङ्ग भएकाहरु एवं बेपत्ता योद्धाहरुको बलिदानीभावको स्मरण गर्दै उहाँहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु।’

परिवर्तित व्यवस्थाप्रति आम नागरिकलाई आशावादी तुल्याउन राज्यका जिम्मेवार निकायहरुमा रहेका पदाधिकारीमा अधिक जिम्मेवारीबोध हुन आवश्यक भएको सापकोटाले बताएका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर