• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

बेलायतको सुपरयाटमा आगलागी

लन्डन । बेलायतको  डेभोन बन्दरगाहमा रहेको सुपरयाटमा ठूलो आगो लागेको छ । सो सुविधासम्पन्न याटले ८ हजार लिटर इन्धन बोकेको बताइएको छ । आपतकालीन सेवाहरूले हाल आगो निभाइरहेको डेभन र कर्नवाल प्रहरीले जानकारी दिएको छ । 

आगोको धुवाबाट बच्न प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ । ‘हामी मानिसहरूलाई सो क्षेत्रबाट जोगिन र धुवाँका कारण ढोका÷झ्यालहरू बन्द गर्न आग्रह गरिरहेका छौं’, प्रहरीले ट्वीटमा भनेको छ । 

सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बीर तथा भिडियोमा आगोको धुवाको कालो मुस्लोले वरपरको वातावरण ढाकेको छ । आगलागीमा कोही पनि घाइते नभएको प्रहरीले विज्ञप्तिमा जनाएको छ ।  आगलागीमा याटमो क्षति भएको जनाइएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर