कान्सको रेडकार्पेटमा सुरक्षाले लगाएको परिन उत्कृष्ट १५ भित्र

काठमाडौं । विश्वभरका फिल्मकर्मीको उत्सवका रुपमा लिइने कान्स फिल्म फेस्टिभलको ७५औं संस्करण शनिबार समपन्न भयो । यसपटक कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा आधिकारिक रुपमा पहिलोपटक नेपाली अभिनेत्री सुरक्षा पन्तले पनि सहभागिता जनाउने अवसर पाइन्।

फ्रान्स, इटाली र बेल्जियमको सहनिर्माणमा बनेको फिल्म द एट माउन्टेनको केही अंश नेपालमा पनि छायांकन गरिएको थियो भने उक्त फिल्ममा सुरक्षाले पनि सानो भूमिका निर्वाह गरेकी थिइन्।

सोही फिल्म कान्समा छानिएपछि सुरक्षाले पनि त्यसमा सहभागिता जनाउने मौका पाएकी हुन्। कान्समा सहभागी हुने खबरसँगै चर्चामा रहेकी सुरक्षा कान्सको रेड कार्पेटमा देखिएपछि झन् चर्चा चुलिएको छ। रेड कार्पेटमा सुरक्षाले पहिरेको रातो रध्रको गाउनले पनि चर्चा पायो। तेन्जिध्र छेतेन भुटियाले डिजाइन गरेको उक्त पहिरन संसारभरका अभिनेत्रीहरुले पहिरेको आकर्षक १५ पहिरनभित्र पर्न सफल भएको छ।

नेदरल्यान्डस्को एक सञ्चारमाध्यमले ब्युटी एन्ड फेसन विधामा प्रकाशन गरेको समाचारमा सुरक्षाले पहिरेको उक्त आकर्षक रातो पहिरन पनि समावेश छ। नेपालको सात प्रदेश झल्किने गरी सातवटा मुजा राखिएको आकर्षक गाउनमा सुरक्षा निकै आकर्षक देखिएकी थिइन्। उनीसहित कान्समा अन्य देशका सेलिब्रेटीले पहिरेका केही आकर्षक पहिरन यस्ता छन् :

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर