पूर्व मुख्यमन्त्री शाहीको शुभकामना सन्देश गणतन्त्र विरोधि शक्तिबाट सजक बनौ 

सुर्खेत । कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिदै गणतन्त्र विरोधि शक्तिबाट सहज रहन पर्ने बताएका छन् । आइतवार जारी गरेको शुभकामना सन्देशमा पूर्व मुख्यमन्त्री शाहीले गणतन्त्रको स्थापनापश्चात् नै  समावेशी, समानुपातिक व्यवस्था,धर्मनिरपेक्षता र संघीयता लगायतका महत्वपूर्ण राजनीतिक उपलब्धिहरु प्राप्त गरेको भन्दै उनले  ठुलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त राजनीतिक उपलब्धिहरु नै धरापमा पार्ने गरी पछिल्लो समयमा  भइरहेका असंबैधानिक र प्रतिगमनकारी कदम प्रति सबैले सचेत रहनु पर्ने औल्याएका छन् ।
 
पूर्व मुख्यमन्त्री शाहीले गणतन्त्र दिवसको यस ऐतिहासिक अवसरमा  सबैखाले प्रतिगमनकारी, निरंकुश र असंबैधानिक दुस्प्रयासहरुका विरुद्ध खबरदारी गर्दै संविधानले निर्दिष्ट गरेको समाजवाद स्थापनाको बाटोमा दृढतापूर्वक अघि बढ्न सबैलाई अपिल गरेका छन् ।
 
भरखरै सम्पन्न भएको स्थानीय तहको निर्वाचनले  प्रतिगमनकारी सोचलाई परास्त गर्न र  गणतन्त्र सस्थागत गर्नका लागी सबैलाई झन हौसला मिलेको भन्दै पूर्व मुख्यमन्त्री शाहीले  विभिन्न आन्दोलनले जन्माएका उपलब्धिलाई संरक्षण गर्ने जिम्मेवारी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको जनप्रतिनिधिहरुको काँधमा आएको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर