• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

विमान खोजीलाई तीव्र पार्न प्रशासन र सुरक्षा अधिकारीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान खोजीलाई तीव्र पार्न प्रशासन र सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआईजी दिवेश लोहनी र मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रकाश शर्मालाई टेलिफोन गरी खोजी कार्यलाई तिव्रता दिन निर्देशन दिएका उनको सचिवालयले जनाएको छ ।

आइतबार पोखराबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको विमान १०÷०७ बजेसम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्कविहीन भएको थियो । कास्कीका प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार विमान लेतेबाट धौलागिरी हिमालतर्फ मोडिएको देखिएको र त्यसपछि सम्पर्क हुन नसकेको प्राविधिकहरूले बताएको जानकारी दिए ।

विमानमा १९ यात्रु र ३ चालक दलको सदस्य रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर