• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

डुङ्‍गेश्‍वर गाउँपालिकामा एक सय १६ वटा धारा निर्माण  

सुर्खेत ।  दैलेखको डुङ्‍गेश्‍वर गाउँपालिका–२ स्थित कुइया देउली खानेपानी तथा सरसफाई योजनाअन्तर्गत एक सय १६ वटा धारा निर्माण भएका छन् । 

हेल्भेटास नेपाल, डुङ्‍गेश्‍वर गाउँपालिका र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा धारा निर्माण भएका हुन् । 
धारा निर्माणको लागत ८२ लाख ६ हजार रुपैयाँ हो । 

सुख्खाग्रस्त क्षेत्र यहाँका मानिसहरू नजिकै पानीको मूल नहुँदा पुस्तौंदेखि खानेपानीको समस्या खेप्दै आएका थिए ।

पर्यटकीय क्षेत्रको रूपमा रहेको कुइया ताल क्षेत्रको मुहानबाट खानेपानीको सुविधा गाउँमा पु¥याइएपछि भने स्थानीयवासीले वर्षौंदेखिको दुःखबाट छुटकारा पाएका छन् । 

योजना सम्पन्‍न भएसँगै देउली बजार, पैयाँचौर, सेर्माकोटको थापा टोल र खत्री टोल तथा त्रिकुलेका बासिन्दा लाभान्वित भएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर