• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

साइकलबाट लडेर रोल्पामा एक युवकको मृत्यु

रोल्पा । साइकलबाट लडेर रोल्पाको परिवर्तन गाउँपालिका वडा नं–५ राङकोट, खेसाबाङका एक युवकको शुक्रबार निधन भएको छ । शुक्रबार बेलुका करिब ६ बजे तिर सोही स्थानका शेरबहादुर वलीका छोरा अन्दाजी २१ बर्षीय दिनेश वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । 

बाटोमा साइकल चलाउने क्रममा साइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । बाटोबाट अन्दाजी ३ सय मिटर तल खस्दा वली गम्भीर घाइते भएका थिए ।घाइतेलाई स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात् थप उपचारको लागि रोल्पा अस्पताल रेउघा तर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले बताए छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर