यस्तो छ राकेश रोशनको शिर मुण्डनको रहस्य

मुम्बई । अभिनेता ऋतिक रोशनका निर्देशक पिता राकेश रोशन हेर्दा निकै आकर्षक देखिन्छन् । तर, उनको शिर मुण्डन शैली जोकोहीका लागि चासोको विषय बन्छ । उनको शिर मुण्डनलाई लिएर फिल्मकर्मीको अनेक अड्कलबाजी रहन्छ । अर्थात कतिपयले उनलाई केही बिरामी भएर शिर मुण्डन गरेकोसम्म भनेका छन् । तर यसको वास्तविकता भने अर्कै छ ।

एक समय राकेश बलिउडका लोकप्रिय अभिनेता थिए । यद्यपि उनले अभिनयलाई छोडेर निर्देशनमा हात हाले । अहिले उनी बलिउडका चलेका निर्देशकमा पर्छन् । उनले शिर मुण्डनको निर्णय लिनु पनि निर्देशकीय कामकै कारण भएको हो ।

राकेशले सन् १९८७ मा रिलिज फिल्म ‘खुदगर्ज’बाट निर्देशनमा पाइला चालेका थिए । उनले यो फिल्मको सफलताका लागि तिरुपती बालाजीको दरबारमा भाकल गरेका थिए । उनले भाकलमा आफ्नो फिल्म सफल भएमा शिर मुण्डन गर्ने वाचा गरेका थिए । नभन्दै फिल्म सफल भयो र उनले शिर मुण्डन गरे ।

तर, फिल्म सफल भएपछि उनले तत्कालै शिर मुण्डन गरेनन् । उनकी पत्नीले राकेशलाई भाकल बारे सम्झाएपछि तिरुपती गएर आफ्नो कपाल दान दिए र कहिल्यै पनि शिरमा कपाल नराख्ने कसम खाए । जसकारण आजसम्म उनी कपालविहिन जीवन बिताइरहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर