• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

अफगानिस्तामा बुधबार विहानकाे भूकम्पमा २८० जनाको मृत्यु, १५० भन्दा बढी घाइते 

काठमाडौं । अफगानिस्तानको पाक्तिका प्रान्तमा गएको भूकम्पमा मृत्यु हुनेको संख्या २८० पुगेको छ । पाक्तिकाको दक्षिणपूर्वी सहर खोस्टबाट ४४ किलोमिटर टाढा केन्द्र बनाएर बुधबार बिहान ६ दशमलब १ म्याग्निच्युडको भूकम्प गएको थियो । 

भूकम्पको धक्का पाकिस्तान र भारतका भूभागसम्म महशुस गरिएको थियो । भूकम्पमा १५० जनाभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकोले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ । 

भूकम्पका कारण दर्जनौँ घर भत्किएका छन् । भूकम्पले पुर्‍याएको क्षतिको पूर्ण विवरण सार्वजनिक हुन बाँकी  रहेको छ ।   पछिल्लो एक दशकमा भूकम्पमा परेर अफगानिस्तानमा ७ हजार जनाको मृत्यु भएको छ । एजेन्सी

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर