• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

बागबजारका धारामा भेटियो दिसाका जीवाणु

काठमाडौं । काठमाडौंको बागबजारका धारामा आउने पानीमा दिसाका जीवाणु भेटीएको छ । पानीको नमुना परीक्षण गर्दा इकोली र कोलीफर्म नामक जीवाणु भेटिएको हो ।

स्वास्थ्य विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुम्मनलाल दासका अनुसार  इकोली र कोलीफर्म मानिसको दिसामा रहने संक्रामक जिवाणु हो ।

बागबजारका दिदीबहिनीमा धारा र ट्युवबेलको पानीबाट हैजा संक्रमण भएको पुष्टि भएको छ ।हैजा देखिएका अन्य क्षेत्रको पनि पानीको नमुना परीक्षण भइरहेको उनले जानकारी दिए ।

महाशाखाका अनुसार अहिलेसम्म ५ जनामा हैजा पुष्टि भइसकेको छ । बुधबार डिल्लीबजारमा पनि हैजाको नयाँ केस पुष्टि भएको उनको भनाइ छ  । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर