अप्पर सोलुले असार २० गतेदेखि आईपीओ जाारी गर्दै 

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले असार २० गतेदेखि आईपीओ जाारी गर्ने भएको छ । कम्पनीले प्रति कित्ता एक सय रुपैयाँ दरका १९ लाख ५७ हजार ५ सय कित्ता बराबरको १९ करोड ५७ लाख ५० हजार रुपैयाँको आईपीओ निष्काशन गर्न लागेको हो ।

कुन निष्काशनको २ प्रतिशतले हुने ३९ हजार १ सय ५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुने ९७ हजार ८ सय ७५ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ। बाँकी १८ लाख २० हजार ४७५ कित्तामा भने आम सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीले सोलुखुम्बु जिल्लाको सोलु खोलामा २३ दशमलव ५ मेगावाट क्षमताको सोलु जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर