• २०७९ असार १६ बिहीबार
  • Thursday, 30 June, 2022

विप्लवको साथ छाडेका चार नेताहरु माओवादी केन्द्रमा प्रवेश गर्ने तयारी 

काठमाडौं । नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा छोडेका प्रभावशाली चार नेताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने तयारीमा लागेका छन् । विहीबार एक विज्ञप्ती जारी गर्दै नेकपा छोडेको घोषणा गरेका उनीहरु प्रचण्ड नेतृत्वमा रहेको माओवादी केन्द्रमा प्रवेश गर्ने तयारी गरेका हुन् । 

विप्लव नेतृत्वको नेकपा छोडे लगत्तै आफूहरु कम्युनिष्ट आन्दोलनको मूल केन्द्र माओवादी केन्द्रमा जान लागेको उनीहरुले बताएका छन् ।  छिट्टै प्रचण्डले नेतृत्व गरेको माओवादी केन्द्रमा जाने तयारीमा आफुहरु लागेको र केही समय पछि विप्लव पनि मूल घरमा फर्कने तयारीमा रहेका नेता ओम प्रकाश पुन ‘निर्माण’ले बताए

नेपालको कम्युनिष्ट आन्दोलनको मूल केन्द्र माओवादी केन्द्र भएकोले आफुहरु अन्यदलमा नजाने उनको भनाइ छ । कम्युनिष्टको टुटफुटकै कारण नेपालको राष्ट्रियता कमजोर बनेको निष्कर्ष निकालेर नेकपा छोड्ने निर्णय गरिएको उनले बताए।

बिहीबार सुदुरपश्चिमका प्रभावशाली नेताहरु ओम प्रकाश पुन ‘निर्माण’, शंकर बहादुर खड्का ‘सिकन्दर’, दलबहादुर धामी ‘अग्नी’ रमेश परियार ‘जीवन’ले एक विज्ञप्ति सार्वजानीक गर्दै पार्टी परित्यागको घोषणा गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर