५० अंकले घट्यो नेप्से परिसूचक 

काठमाडौं । नेप्से परिसूचक ५० अंकले घटेको छ । आज विहीबार कारोबार सुरू भएदेखि घट्न थालेको नेप्से परिसूचक समाचार तयार पर्दासम्ममा ५०.६० अंकले घटेको छ । यससँगै, परिसूचक १ हजार ८४२ अंकमा आइपुगेको छ । यस्तै, १ बजेर ३० मिनेट जाँदा सम्ममा नेप्सेमा ७३ करोड ६९ लाख ८२ हजार रुपैयाँ बराबरको २३ लाख ६३ हजार कित्ता सेयर किनबेच भएको छ ।

यति बेलासम्मको अवधिमा नेप्सेमा कारोबारमा आएका सबै समूहमा गिरावट आएको छ । जसमध्ये, जलविद्युत, विकास बैंक र वित्त समूह ४ प्रतिशतले घटेका छन् भने लगानी समूह, जीवन बीमा समूह र व्यापार समूहमा ३ प्रतिशतभन्दा बढीको गिरावट आएको छ ।

यद्यपि, यस अवधिसम्ममा नेप्सेमा आँधिखोला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यले भने सकरात्मक सर्किट हानेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्दै प्रतिकित्ता ९६० रुपैयाँ पुगेको छ । यस्तै, आज कारोबारमा आएकामध्ये ६ वटा कम्पनीको सेयर मूल्य मात्रै बढेको छ भने बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर