जनप्रतिनिधिको कार्यशैलीका कारण संघीयतामाथि प्रश्न उठ्योः मन्त्री शेखरचन्द्र थापा 

खोटाङ । प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाले  संघीयतामाथि प्रश्न उठ्न थालेको बताएका छन् ।

 डिभिजन वन कार्यालय खोटाङले बिहीबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरेको जिल्लास्थित दलका नेतासँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले जनप्रतिनिधिले घर घरमा सिंहदरबार पुग्नेगरी काम गर्न नसक्दा र जनप्रतिनिधिको कार्यशैलीका कारण संघीयतामाथि लौरो उठ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

उनले कुर्सीमा बसेको बेला जनताको समस्यालाई पहिचान गरेर हल गर्दै लगे मात्र संघीयता आएको महसुस हुने बताए  ।  मन्त्री थापाले बजेट वितरणका क्रममा कुर्सीमा बसेर गरिने निर्णयभन्दा फिल्डमा पुगेर गरिने निर्णय प्रभावकारी हुने औंल्याएका छन् ।

उनले फिल्ड भिजिट गरेर प्राथमिकताको आधारमा बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर