• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

पछिल्लाे २४ घण्टामा थपिए देशभर ४९ कोरोना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुई हजार ४९४ वटा जनाको नमुनाको परीक्षण गरिएकामा ४९ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार २३४ नमुनाको पीसीआर परीक्षण गर्दा ३३ र एक हजार २६० नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९५२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर १२ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ६७ हजार ३४२ पुगेको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १६३ रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर