• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

बालिकालाई भारत लैजान खोज्ने दुई जना पक्राउ 

विराटनगर । झापाको बिर्तामोड नगरपालिका बस्ने १३ वर्षीया बालिकालाई भारततर्फ लैजान खोज्ने दुई जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा भारतको मजतपुर घर भई हाल  बिर्तामोड नगरपालिका वडा नम्बर ५ मूक्ती चोकमा डेरा गरी बस्ने २३ वर्षीय हिराकुमार सहनी र बाराको कोल्वी नगरपालिका वडा नम्बर ४ सपही बस्ने १९ वर्षकी शिरिषा सिंह महथा रहेका छन् । 

उनीहरूले  विराटनगर महानगरपालिका वडा नम्बर १५ भन्सार कार्यालयको २ नम्बर ढाट सीमाक्षेत्रबाट नाबालिकालाई ललाईफकाई भारततर्फ बेचबिखन गर्न लैजादै गरेको अवस्थामा साना हात नेपाल विराटनगरको समन्वयमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

उनीहरूमाथि मोरङ जिल्ला अदालतबाट मानब वेचबिखन तथा ओसारपसार मुद्दामा दिन ५  म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर