• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

जनताको पत्यक्ष जनस्तरसँग जोडिएर काम गर्न लुम्बिनी प्रदेशसभा सदस्य पुनको सुझाव  

रोल्पा । लुम्बिनी प्रदेशसभा सदस्य दिपेन्द्र कुमार पुनमगरले पालिका भित्र रहेका जनताको पत्यक्ष जनस्तरहरुसँग जोडिएको शिक्षा, स्वास्थ्य, यातायात, कृषि खानेपानी र रोजगार लगाएतमा परिणाम आउने काम गर्न पालिकालाई सुझाव दिएका छन् । रोल्पाको परिवर्तन गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को नीति,कार्यक्रम तथा बजेट अधिवेशन प्रथम गाउँ सभाको प्रमुख अतिथि  रहेका पुनले सो कुरा बताएका हुन् । 

आफ्नो पार्टी परिवर्तनको लागि लडेको स्मरण गर्दै आफूमा आलोचना आउने खालको कुनै पनि काम नगर्न पालिकालाई आग्रह समेत गरेका छन् । साथै परिवर्तन गाउँपालिका नाम जस्तै राम्रो काम गर्नेमा आफू विश्वस्त भएको बताउँदै रोल्पामा आफ्नै प्रशासन भवन बनाएर सेवा प्रवाह गर्नेमा परिवर्तन गाउँपालिका रहेको दाबी समेत गरे ।

गाउँपालिकाले उत्कृष्ट काम गरेर जिल्लाकै नमूना पालिका बन्ने बाटो तर्फ लम्कन समेत आग्रह गरेका छन् । रोल्पामा कुनै पालिका धेरै विवादमा आएको कुरा स्मरण गराउदै, परिवर्तन गाउँपालिका अहिले सम्म कुनै पनि झमेलामा नपरेको बताए । अबका दिनमा पनि कुनै त्यस्ता खालको विवाद हुने कार्य नगर्न पालिकालाई सुझाव दिए । साथै नीति, कार्यक्रम तथा बजेट कार्यक्रम ल्याएर मात्र नभई त्यसलाई कार्यान्वयनको पक्ष मुख्य भएको समेत दाबी गर्दै समयमै कार्यान्वयन गरि सम्पन्न गर्न पुनले आग्रह गरे । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर