• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

विश्व 'नम्बर वान' फुटबलर मेस्सीको जन्मदिन आज

काठमाडौं । समकालिन विश्व फुटबलको इतिहासमा को एक नम्बर भन्ने कुराको बहसको अन्त्य भएको छैन । अहिलेका सर्वाधिक सफल र चर्चिति खेलाडी हुन् फ्रान्सेली पिएसजीबाट खेल्ने अर्जेन्टिनाका कप्तान लियोनल मेसी र म्यानचेष्टर युनाईटेडबाट खेल्ने पोर्चुगिज कप्तान क्रिष्टियानो रोनाल्डो ।

यी दुई महान हस्तीहरुले प्राप्त गरेको व्यक्तिगत तथा राष्ट्र र क्लबबाट प्राप्त गरेको उपाधिलाई आधार मान्ने हो भने लियो मेस्सी पहिलो नम्बरमा रोनाल्डो दोस्रो नम्बरमा देखिन्छन् । अन्य धेरै उपाधि नखोज्ने हो भने पनि विश्व वर्ष खेलाडी बालोन डि ओरको उपाधि मेसीले ७ पटक, रोनाल्डोले ५ पटक जितेका छन् । 

यस्तो तिब्र प्रतिस्पर्धा भएका खेलाडी मध्य उनै मेसी आजबाट ३५ वर्ष पूरा गरेर ३६ वर्षमा लागेका छन् । आज उनको ३५ जन्म दिन । 

को हुन् मेस्सीः 
लियोनेल आन्द्रेस मेसी (जन्मः २४ जुन, १९८७) अर्जेन्टिनी फुटबल खेलाडी हुन्। हाल फ्रान्सेली क्लब पेरिस सेन्ट-जर्मेनबाट लिग वान (लिग १) र अर्जेन्टिनाको लागि अग्रपङ्क्तिको रूपमा खेल्दै आएका छन्। यसअघि उनी ला लिगामा प्रतिस्पर्धा गर्ने क्लब बार्सिलोनाको लागि खेल्नेेेे गरेका थिए।

मेसी आफ्नो पुस्ताका सर्वश्रेष्ठ फुटबल खेलाडीहरू मध्ये एक मानिन्छन्; उनले २१ वर्षको उमेरमानै बेलोन डी' ओर र फिफा सर्वश्रेष्ठ वर्षको खेलाडीको उपाधि जितेका थिए।  उनको खेल शैली र क्षमताको कारणले गर्दा उनलाई फुटबलको बादशाह भनेर चिनिने म्याराडोनासँग तुलना गरिन्छ। 

मेसीले कम उमेरमानै फुटबल खेल्न शुरू गरे र चाँडै नै बार्सिलोनाले उनको क्षमता पहिचान गर्‍यो। उनले सन् २००० मा रोसारियोमा अवस्थित न्युवेल्स ओल्ड ब्वाइज युवा टिम छोडेर आफ्नो परिवारसित युरोप आए, किनकि बार्सिलोनाले उनको विकास हार्मोनको कमीको लागि उपचार गरिदिने प्रस्ताव राखेको थियो । सन् २००४-०५ सिजनमा पहिलो पटक मैदानमा ओर्लेर उनले सबैभन्दा कम उमेरमा लिग खेल खेल्ने फुटबल खेलाडीको ला लिगा रेकर्ड तोडे र साथै सबैभन्दा कम उमेरमा लिग गोल स्कोर गर्ने खेलाडी बने।

मेसीको प्रथम आगमनमै उनले बार्सिलोनालाई ला लिगा जिताउन सफल भए र सन् २००६ मा पुन: सो लिग र युइएफए यूरोपियन च्याम्पियनशीप जिताएर चाँडै नै प्रमुख सम्मान प्राप्त गरे। सन् २००६-०७ उनको सफलताको सिजन थियो: एल क्लासिकोमा एक ह्याट्रिक र २६ लिग म्याचहरूमा १४ गोल गर्दै, उनले नियमित रूपले खेल जित्ने पहिलो समुहमा ठाउँ बनाए। सम्भवतः सन् २००८-०९ को सिजन उनको सबैभन्दा सफल सिजन थियो, जसमा मेसी ३८ गोल गर्दै लगातार तेस्रो विजय अभियानको अभिन्न अङ्ग बने।

मेसी, २००५ फिफा विश्व युवा च्याम्पियनसिपमा अन्तिम खेलमा २ गोल सहित जम्मा ६ गोल गरी शीर्ष स्कोर गर्ने खेलाडी बने। त्यसको लगत्तै, उनी अर्जेन्टिनाको अन्तर्राष्ट्रिय टिमको एक सदस्यको रूपमा स्थापित भए। सन् २००६ मा, उनी अर्जेन्टिनाबाट फिफा विश्वकपमा खेल्ने सबैभन्दा कम उमेरको खेलाडी बने र अर्को वर्ष उनले कोपा अमेरिका प्रतियोगितामा उप-विजेताको पदक जित्न सफल भए। सन् २००८ मा, उनले अर्जेन्टिना ओलम्पिक फुटबल टिमसँग बेइजिङमा भएको ओलम्पिक खेलमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय सम्मान, ओलम्पिक स्वर्ण पदक जितेका थिए। २०२१ ब्राजिल मा भएको कोपा अमेरिका को उपाधि पनि मेसी कै कप्तानीमा अर्जेन्टिनाले जितेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर