• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

कम्युनिस्ट पार्टीलाई जोगाउका लागि एकता अपरिहार्य छ – बामदेव गौतम (भिडियो) 

काठमाडौं । नेकपा एकता अभियानमा लागेका नेता वामदेव गौतमले कम्युनिस्ट पार्टीलाई जोगाउका लागि एकता अपरिहार्य रहेको बताएका छन् । शनिबार ललितपुरमा आयोजित एकता राष्ट्रिय अभियानको दोश्रो भेलामा गौतमले कम्युनिस्टलाई जोगाउनका र बलियो बनाउनका लागि एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीच एकता हुनुपर्ने बताएका हुन् । 

स्थानीय निर्वाचनमा कांग्रेस पहिलो शक्तिको रुपमा र  प्रदेश र प्रतिनिधि सभाको निर्वाचनपछि बलियो हुने तर्क गरे । उनले कांग्रेस कम्युनिस्टको मित्र भए पनि कांग्रेसले नेतृत्व जारी राखे एमसीसीजस्ता आयोजना आइरहने तर्क गरे । अहिले कम्युनिस्ट पार्टीलाई एकतामा ल्याउन मध्यस्तकर्ताको आवश्यकता रहेकाले आफु नै उक्त भूमिका निर्वाह गर्ने उनको भनाई छ । 

उनले एकताका लागि आफु जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताए ।उनले यसअघि नेकपामा प्रचण्डले केपी ओलीमाथि लगाएतको आरोप फिर्ता नलिदा पार्टी विभाजन भएको र आफु एकताको पक्षमा लागेको जिकिर गरे । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर