• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

रोहित चन्दको टिमले ब्राजिलियन रोनाल्डिन्होको टिमलाई हरायो

काठमाडौं । यो एउटा अनौठो परिणाम हो भन्दा फरक पर्दैन । नेपाली फुटबल फ्यानहरुका लागि ऐतिहाँसिक परिणाम पनि हो । नेपाली भरपर्दा मिडफिल्डर रोहित चन्दले ब्राजिलियन लिजेण्ड प्लेमेकर रोनाल्डिन्हो विरुद्ध खेले र जिते । 

हो आज इन्डोनेसियामा भएको एक मैत्रीपूर्ण खेलमा रोहितको टिमले जित्यो । 

रोनाल्डिन्होको टिमले हार्यो । निर्धारित समय बराबरीमा सकिएको खेल पेनाल्टी सुटआउटमा रोहितको टिमले जितेको हो । पेनाल्टी सुट आउटमा पेरसिकले ४ गोल हान्यो भने नुसनताराले २ गाेल मात्र हानेकाे थियाे ।

इन्डोनेसियन सेलिब्रोटी मालिक रहेको क्लब आरेमाका लागि खेल्न रोनाल्डिन्हो आएका थिए भने रोहित चन्दले नुसनतारा विरुद्ध मैदानमा उत्रिएको पेरसिकबाट खेलेका थिए । 

खेलका दौरान नेपाली स्टार रोहितले रोनाल्डिन्होलाई रोक्न पटक पटक प्रयास गरेका थिए । खेल पछि रोनाल्डिन्होले दुवै टिमका खेलाडीसँग अंकमालसहित विदाइ गरेका थिए ।

हेर्नुस भिडियाेः

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर