भारतका लोकप्रिय कलाकार ब्रह्मानन्दम नेपाली फिल्ममा 

काठमाडौं ।  अभिनेत्री नीता ढुंगाना तथा अभिनेता÷ज्योतिष हरिहर अधिकारीले निर्माण तथा अभिनय गर्ने नयाँ नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ मा दक्षिण भारतीय फिल्मका लोकप्रिय कलाकार ब्रह्मानन्दमले अभिनय गर्ने भएका छन् ।

चन्द्र पन्तले निर्देशन गर्ने यो फिल्ममा भारतीय कलाकार ब्रह्मानन्दमलाई अनुबन्ध गरिएको जानकारी मंगलबार निर्माण पक्षले दिएको छ ।यो फिल्ममा ब्रह्मानन्दमको पारिश्रमिक अन्य सबै कलाकारको भन्दा बढी हुने गरि सम्झौता गरिएको बताइन्छ ।

हास्य कलाकारको रुपमा लोकप्रिय ब्रह्मानन्दमले संसारमै सबैभन्दा धेरै फिल्म खेल्ने जीवित कलाकारका रूपमा गिनिज वर्ल्ड रेकर्ड राखेका छन् । सन् असीको दशकको मध्ययता तमिल र तेलुगू भाषामा बनेका प्रायः फिल्ममा उनले आफ्नो उपस्थिति देखाउँदै आएका छन् ।

यसअघि ‘ह्रस्व दीर्घ’ मा अन्य भारतीय कलाकारहरू सुनिल वर्मा, प्रदीपराज रावत र अली अनुबन्धित भइसकेका छन्।

नेपाल र भारतमा छायांकन गरिने ‘ह्रस्व दीर्घ’ मा धनन्जय घलानी कास्टिङ निर्देशक हुन् । यो फिल्ममा सरोज खनाल र सलोन बस्नेतको पनि मुख्य भूमिका रहने छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर