• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

‘माओवादी एकता प्रचण्डको नेतृत्वमा मात्रै सम्भव छ भन्न लाज नमानाैं’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी खेमाहरुकाबीचको एकता आफ्नो नेतृत्वमा मात्रै सम्भव भएको बताएका छन् । नेत्रविक्रम चन्द नेतृत्वको माओवादीबाट पुरानै घर फर्किएका नेताकार्यकर्तालाई पार्टीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले अहिले पार्टी प्रवेश गर्नेहरुले मात्र हैन, देशभरका हजारौं नेता, लाखौं कार्यकर्ता र करोडौं जनताले प्रचण्डको नेतृत्वमा मात्रै माओवादी एकता सम्भव छ भनेको उल्लेख गरे । 

अहिले माओवादीमा प्रवेश गर्नेहरुको लर्को लागेको, केही समय पछि धेरै बुद्धिजिवी र केही दिनमा संस्थागत रुपमै माओवादीले अर्को पार्टी एकता घोषणा गर्ने उनले जानकारी पनि दिए ।

सवै माओवादी खेमाहरुले गम्भिर आत्मसमिक्षा गरेर एकै ठाउँमा उभिने आँट गर्ने हो भने कसैले पनि रोक्न नसक्ने र माओवादीले नै देशको राष्ट्रिय स्वाधिनताको रक्षा तथा समाजवाको यात्रा तय गर्न सक्ने उनले दावी गरे । 

प्रचण्डले भने, ‘एकचोटी गम्भिर आत्म समिक्षा गरेर सवैले आ आफ्नो कमजोरी स्वीकार गर्ने आँट गरौं । यो देशको राष्ट्रिय स्वाधिनताको रक्षा र समाजवादको आधार बनाउने दिशामा अघि बढौं । यो भौतिक शक्तिको रुपमा बन्छ । र कसैले पनि हराउन सक्दैन । साथीहरुले मलाई फेरी पनि नेतृत्व गर भन्नु भएको छ । यथार्थ यही नै हो । माओवादी एकता प्रचण्डको नेतृत्वमा मात्रै संभव छ यो भन्न लाज नमानौं । यथार्थ यही नै हो । यो लामो अनुभव र लाखौं क्रान्तिकारीको भावना र करोडौं जनताको चाहाना हो ।’ 

‘माओवादी खेमा सवै एक्कै ठाउँमा हुनुपर्छ भन्ने भावना अहिले सवैतिर छ । यसलाई सम्मान नगर्ने कसैको पनि अस्तित्व रहेछैन । अहिले जनता र कार्यकर्ता सवैले माओवादीहरु एकै ठाउँमा बस भनिरहेका छन् ।  सवै माओवादीले आत्मसमिक्षा गरेर जनतालाई विकासको यात्रामा लैजाने होभ ने माओवादी खेमाहरु एक ठाउँमा उभिन जरुरी छ । मलाई अहिले पनि विश्वास छ । आत्मसमिक्षा गरेर हामी एक हुने हो भने हाम्रो विजयलाई कसैले टार्न सक्ने छैन । म अहिले पनि विप्लव, बैद्यजीहरुको क्रान्ति नयाँ ढंगले गर्न सकिन्छ कि भन्ने भावनाको सम्मान गर्छु । तर क्रान्ति चाहाना मात्रै हुने होईन । यो ठोष बस्तुगत अवस्था र त्यसको सही विश्लेषणसहितको योजनाले हुने हो ।  विप्लवजीले संचालन गरेको अभियानमा शहिद भएहरुको पनि म सम्मान गर्न चाहान्छु ।’

माओवादीको नेतृत्वमा देश यो ठाउँमा आईपुगेको तर्क गर्दै प्रचण्डले भने, ‘हाम्रो निर्णय अनुसार नै देश यहाँ सम्म आएको हो । तर अहिले कता कता अरुले नै गर्दा आएको जस्तो र अरुले पनि त्यो नमानेको जस्तो देखिन्छ । हामीले खुल्लमखुल्ला भन्न सक्नुपर्छ । यो परिर्वतन हामीले नै ल्याएको हो ।’

 
पार्टी प्रवेश कार्यक्रममा प्रचण्ड live...

पार्टी प्रवेश कार्यक्रममा प्रचण्ड live...

Posted by SamacharDainik.com on Tuesday, June 28, 2022

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर