लुम्बिनी प्रदेशः राज्यमन्त्री ओलीले दिईन राजीनामा

बुटवल । विवादमा मुछिएकी लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् । उनले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको केसीको सचिवालयले जानकारी दिएको छ ।

जेठ अन्तिममा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि त्यसबारे छानबिन गर्न सरकारले समिति समेत गठन गरेको थियो ।

पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ ९ख० मा भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् । फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि वैशाख १९ गते पत्रकार सम्मेलन गरी विमलाले माओवादी केन्द्र रोजेकी थिइन् ।

उनलाई एमालेमा राखेर मुख्यमन्त्रीको पद जोगाउन तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलले निवासमा लगेर बन्दी बनाएको आरोपसमेत उनले लगाएकी थिईन् । त्यसपछि माओवादीमा प्रवेश गरेकी उनलाई केसीको क्याबिनेटमा राज्यमन्त्री बनाएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर