• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

पस्चिमा संस्कृती भित्रिए संगै हराउन थाल्यो पूर्वमा असारे भाका

काठमाडाै‌ ।  पछिल्लो समय पूर्वमा असारे भाका लोेप हुने अवस्थामा रहेको छ । पस्चिमा संस्कृतीको प्रभावमा आधुनीकता भित्रिए संगै असारे भाका लोप हुने हवस्थामा पुगेको हो ।

विगत केही वर्ष अघि सम्म डोको भरी पहेंला पाकेका केरा, ठेकीमा ढपक्क जमेको दही, ढिकीमा कुटेको स्थानीय धानके चिउरा, हतभरी चुरा, गुन्यू चोली लगाएका हातमा धानको बीउ बोकेर असारे गीत गाउदै हिलोमा छ्पकछपक रोपिएका दृश्य देखिन्थे तर अहिलो यी सव स्मणमा मात्र हो ।

आहा ! असार १५ साँच्चिकै नेपाली किसानका लागि एउटा छुट्टै पहिचान बोकोको चाड बन्दथ्यो तर अहिले दहिी चिरामा सिमीत बन्न पुगेको छ असार १५ ।  हरेक वर्ष गाउँमा ठुलाबढाहरुको रोपाईंमा बेठी चल्थ्यो तर अहिले यो पनि हुन छाडेको छ । असार १५ मा बेठी लगाउने चलन हटे संगै अहिले रोपाईंमा पञ्चेबाजाका धुन समेत सुनन छाडीएको छ । असारे गीतको सुमधुर भाकाका साथमा  छुपुछुपु धान रोप्दा हिलोमा बाउसे र रोपाहार बिच एक आपसमा माया साटासाट आपसी सद्भाव र रमाइलोपनको छुट्टै मज्जा हुने गरेको रोपाईँमा आज भोली दहिचिराले  मात्र संझना दिलाउने गरेको पाका मान्छेह बताउँछन् । नेपालमा खासगरी असार साउनमा धान रोप्ने गरिन्छ ।

परम्परादेखिनै असार १५ को बेठी लगाइ राजा माहाराजाहरु समेत यो कार्यमा संलग्नता रहने चलन छ । दही चिउरा खाँदै गाउँका ठुलाबढाको खेतमा जम्मा भएर बेठी लगाउँदै रोपाईं गर्ने चलनले यसको लोकप्रियता व्यापक थियो  । असारलाई मानो खाएर मुरी उब्जाउने दिन भन्ने चलन रहेको छ । यो समयमा कृषकहरूलाई कामको भ्याइनभ्याई हुन्छ । तैपनि रोपाईंमा दिनभर थाकेका बाउसे र रोपाहारहरू एक अर्कामा हिलो छ्यापाछ्याप गरी असारे गीत गाउँदै दुःख कष्ट र थकाई बिर्सन खोज्छन् ।

रोप न रोप रोपारै रानी म पँज्याईदिउँला बीऊ
हलीलाई दिउँला एकराते दही बाउसेलाई दिउँला घीउ
असार मास छिपछिपे हिलो खै लाग्यो फालीमा
बुवालाई भनि भुरुल्ली काटेँ ओइलायो आलिमा

तर अहिले असारे गीतको गाउँदै बेठी लगाएर खेती गर्ने चलन बिस्तारै लोप हुँदै गएको छ । थकाइ, परिश्रम बिर्साउँदै बढी आनन्द प्रदान गर्दै गाइने असरे गीत पछिल्लो पुस्ताले ग्रहण नगर्नाले यो परम्परा लोप हुन्छ कि भन्ने चिन्ता लागेको बताउँछन ९६ वर्षिय भोजबहादुर खड्का । पहिलाको समयमा डोकोमा दही, केरा, चिउरा, काक्रा, आँप लगायत बोकेर बेसीको खेतमा बेठी लगाएको संझनामा मात्र रहेको उनको भनाइ छ ।

उनि “छिपीमा छिपी धानैमा रोप्नु बेंसीको फाँटमा, आउ न बाउसे छ्याप न हिलो कान्छीको साथैमा” भनेर गाइने यस्ता असारे गीतको सुरमा रोपाइ गरेको कुरा सुनाउदै असार १५ को लोकप्रियता संरक्षण गर्न आग्रह गर्दछन् । असार १५ को दिन धान खेतका गह्रा, खोलानाला र खहरेहरूबाट झरेको पानीको छङछङ आवाजसँगै असारे भाका तिनको तारिफ गरेर गाइने गरिन्थ्यो साथमा महिला हरुको माया साटासाट गर्ने र वर्ष भरीको दुखेसो पनि पोखिने गरिन्थ्यो तर अहिले त कहिले असार १५ आयो कहिले गयो पत्ता समेत हुन छाडेको ८१ वर्षिय बृद्धा धनमाया बरालले बताइन् ।

पछिल्लो समय आफ्ना सन्ततीले गीत गाउन त परै जाहोस धान रोप्न समेत विर्सिसकेका कारण संस्कृती लोप हुने अवस्थामा पुगेको उनको भनाइ छ् । पुराना आफ्ना परम्परा र सस्कारलाई जगेर्ना गर्नका लागि संस्कार र संस्कृती पुस्ताहस्तान्तरण गर्नु पर्ने देखिन्छ ।

असारे भाकाले किसानको थकित शरिरलाई आनन्ददायी र रोचक बनाइ स्फुर्त रुपमा कामप्रती मोह जगाउने किसानहरु बताउँछ्न् । उहिले त असारे गीत नजान्ने कोहि थिएन बाउसे रोपार दुबैले छुट्टाछुट्टै आनन्दका साथमा गीत गाउँदै धान रोप्ने चलन थियो तर अहिले त कही कतै असारे भाका नै सुनीने नगरेको ९५ वर्षिय नन्दकला भट्टराईले बताइन्।

असारे भाकाले भौगोलिक विविधता पनि समेटेको छ । यो विभिन्न भेग अनुसार फरक–फरक तरिकाले बुझ्ने गरिन्छ । असारेलाई पूर्वी भेगमा ‘रसिया’ भनिन्छ भनि पश्चिमाञ्चलतिर ‘काँठेभाका’ भनिन्छ । लेग्रो तानेर गीतको पहिलो फाँकी झिकेपछि बीचमा अनुप्रासका टुक्काहरू मिलाई अनिमात्र अन्तिम फाँकी वा टुप्पो गीत भन्ने चलन परम्परादेखि नै चलेको पाइन्छ । यस भाकाका फाँकीहरू १६-१६ अक्षरका हुन्छन् र हरेक पाउका दस अक्षरमा विश्रान्ति लिई लामो स्वरमा लेग्रो तानेर यो भाका गाइन्छ ।

पछिल्लो समय असारे गीत गाउदै बेठी लगाउने चलन हराउदै गएकोमा अघिल्लो पुस्तामा निराशा देखिएको छ । परम्परागत सकारात्मक कुराको अनुशरण गर्न अहिलेका युवा पुस्तालाई पुराना पुस्ताले आग्रह गरि रहेका छन् ।

एउटा असारे भाकाको भिडीयो सिहित 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर