• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

 ८ वर्षीय बालकले बावुको बन्दुक चलाउँदा १ वर्षीया बालिकाको मृत्यु

काठमाडौं । अमेरिकाको फ्लोरिडास्थितमा ८ वर्षीय बालकले एक वर्षीया बालिकाको  गोली  हानी हत्या गरेका छन् । बच्चाले बुबाको बन्दुकबाट गोली चलाउँदा बालीकाको मृत्यु भएको हो । 

संयुक्त राज्य अमेरिकाको सबैभन्दा पश्चिमी क्षेत्र एस्कम्बिया काउन्टीका शेरिफ चिप सिमन्सका अनुसार घटना गत हप्ताको हो । बच्चाका  बुबा रोडरिक ड्वेन रान्डलले पेन्साकोला मोटेलको एउटा कोठामा बन्दुक लुकाएर राखेका थिए।  यस क्रममा अर्की २ वर्षीया बालिका पनि घाइते भएकी छन्। यस घटनामा प्रहरीले बालकका बाबुलाई पक्राउ गरेको छ।

कोठाबाट निस्कँदा उनका छोराले बन्दुक फेला पारेर गोली चलाएको थियो। दुवै छोरी उनका बुबाकी प्रेमिकाका थिए ।  एक साताको अनुसन्धानपछि उनलाई पक्राउ गरिएको हो। बालकका बुबालाई बन्दुक राखेको, लापरबाही र प्रमाण लुकाएको आरोप लगाइएको छ। घाइते बालिकाको उपचार भइरहेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर