• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

बङ्गलादेशमा ५—१२ बर्षका बालबालिकालाई खोप लगाइने

काठमाडौ‍ । बङ्गलादेशमा ५ देखि १२ बर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ ।  नयाँ सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको देखिएपछि बालबालिकाको सुरक्षाका लागि खोप लगाउने निर्णय गरिएको  हो ।

बङ्गलादेशका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जाहिद मालिकीले आगामी महिनादेखि बालबालिकालाई खोप लगाउन थालिने बुधबार जानकारी दिए ।  “हामीले सम्भवतः जुलाईको अन्तिम हप्ताबाट उनीहरूलाई खोप लगाउन सुरु गर्नेछौँ,” पत्रकार सम्मेलनमा उनले भने । 

बालबालिकाका लागि खोपको व्यवस्था गर्ने प्रक्रिया चलिरहेको र बाँकी तयारीको काम पनि भइरहेको उनको भनाइ छ ।  बालबालिकाको जन्मदार्ता हेरेर त्यसैका आधारमा खोप लगाइने मन्त्री मालिकीले जानकारी दिए  । 

सरकारले मास्क लगाउने कार्यलाई पनि उच्च प्राथमिकतामा राखिरहेको छ । सरकारले जारी गरेको निर्देशनमा रहेका नागरिकले मास्क लगाउनै पर्ने उल्लेख गरिएको छ ।  सार्वजनिक स्थलहरूमा ‘नो मास्क, नो सर्भिस’ लेखेर टास्न लगाइएको छ । मास्क नलगाउनेलाई सेवा पनि नदिने नीतिलाई सरकारले निकै महत्व दिएको छ । 

बङ्लादेशमा अहिलेसम्म १९ लाख ६९ हजार ३६१ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । तीमध्ये दुई हजार ८७ जना पछिल्लो एक दिनमा भएका हुन् ।  त्यसैगरी कोरोनाका कारण अहिलेसम्म बङ्लादेशमा २९ हजार १४५ जनाको मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर