• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

तेजाब बिक्रीवितरणमा सरकारले वैज्ञानिकको निगरानी गर्नुपर्छः प्रेम सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले तेजाव तथा घातक पदार्थको बिक्रीवितरण निजी क्षेत्रलाई दिन नहुने बताएका छन् । बुधबार प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको रासायनिक पदार्थको सम्बन्धमा बनेको विधेयक छलफलमा उनले यस्तो बताएका हुन् । 

उनले यस्ता घातक पदार्थको बिक्रीवितरण सरकारले पनि वैज्ञानिकको निगरानीमा मात्रै गर्नुपर्ने बताउँदै  घातक रासायनिक पदार्थको संशोधन राज्यले गर्नुपर्ने बताए । 

घातक रासायनिक पदार्थको उनले पैठारी र बिक्रीवितरणमा तिनै तहका सरकारले गर्नुपर्ने उनको भनाइ छ  ।पछिल्लो समय सिंहदरबार भ्रष्टाचारको अखडा भएको आरोप लगाउँदै नीती निमार्णमा भन्दा पनि सांसदहरु अन्य काममा व्यस्त भएको बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर