• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

एनसेलको ‘डबल मजा प्याक’ अफर सार्वजनिक

काठमाडौं  । निजीक्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटाले ‘डबल मजा प्याक’ अफर सार्वजनिक गरेको छ । १२५ रुपैयाँमा डेटा प्याक खरीद गरी आफ्नो डेटा भोल्यूम दोब्बर बनाउन सकिने अफर कम्पनीले बिहीवारदेखि लागू गरेको हो । यसअन्तर्गत ग्राहकले एक हप्ताका लागि ५ जीबी डेटा करसहित १२५ रुपैयाँमा खरीद गर्न सक्ने र सोको समय समाप्त हुनुअघि नै सोही शुल्कमा १० जीबी डेटा पाउने बताइएको छ ।

समय सकिनुअघि नै नयाँ प्याक लिएमा डेटा भोल्युम र समय अवधि दुवै थपिने कम्पनीको भनाइ छ । ‘कुनै ग्राहकले प्याक खरीद गरेको तीन दिनपछि सोही प्याक पुनः खरीद गरेमा नयाँ १० जीबी उसको बाँकी डेटा भोल्युममा जोडिन्छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । ग्राहकले आवश्यकता अनुसार प्याक धेरैपटक पुनः खरीद गर्न सक्ने र सोको म्याद थपिँदै जाने बताइएको छ । कम्पनीका चिफ कमर्शियल अफिसर प्रदीप श्रीवास्तवले  एनसेलका ग्राहकले एस्ट्रिक १७१२३ एस्ट्रिक २२ ह्यास डायल गरी सो प्याक लिन सक्ने बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर