नेपाल वायुसेवामा कंसाकारलाई कार्यकारी अध्यक्ष नियुक्त गर्न कर्मचारीको माग

काठमाडौं । नेपाल वायुसोवा निगम देशकै एकमात्र ध्वजावाहक संस्था हो । तर गलत नेतृत्वको हातमा पुग्दा निगम दिनप्रतिदिन कमजोर बन्दै गईरहेको छ । संस्थाको सुधारका लागि सरकारले उचित ध्यान नदिएका कारण त्यहाँ कार्यरत कर्मचारी नै पटक पटक आन्दोलनमा उत्रिन बाध्य हुने गरेका छन् ।

निगमका वर्तमान कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई यस अघिका संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री प्रेम आलेले हटाएका थिए ।

वर्तमान सरकारले केही समय अघि निगमको निमित्त कार्यकारी प्रमुखमा क्याप्टेन दिपु ज्वारचनलाई नियुक्त गरेको थियो । अधिकारी भन्दा अघि विगत ३ वर्षमा निगममा ४ जना कार्यकारी अध्यक्ष फेरिए ।

छोटो समयमा पटक पटक कार्यकारी अध्यक्षहरु फेरिँदा निगमलाई झन घाटा भएको कर्मचारी युनियनहरुको ठहर छ । 

नेपाल वायुसेना निगम ऐन २०१९ मा कार्यकारी अध्यक्षका लागि कुनै उमेर हदको पावन्दी नभएकाले विगतमा राम्रो काम गरेको भनिएका सुगतरत्न  कंसाकारलाई नै नियुक्त गर्नु उचित हुने चार कर्मचारी युनियनको ठहर रहेको एक नेताले समाचार दैनिकलाई बताए ।

निगममा राम्रो नेतृत्व पठाउनका लागि नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल राष्ट्रिय कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संघ र स्वतन्त्र कर्मचारी युनियनले प्रधानमन्त्री, पर्यटनमन्त्रीसहित राजनीतिक दलका नेताहरुलाई समेत ध्यानाकर्षण गराईसकेका छन् ।

विगतमा गरेको कम र अहिले सतहमा देखिएका व्यक्तिहरुको मुल्याङकन गर्दा कंसाकार नै निगमका लागि उपयुक्त पात्र हुने कर्मचारी संगठनहरुको दावी छ । 

कंसाकारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाईडबडी जहाज खरिद प्रकरणमा छानविन गरिरहेको छ । कर्मचारीहरुले भने छानविनमा भएको व्यक्तिलाई पनि नियुक्त गर्न सकिने बाटो अख्तियारकै ऐनले खोलिदिएको बताएका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर