• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

बिग्रेको राजनीतिले गर्दा युवाको संकट नहोस् 

नेपाल युवाले भरिएको तर नेतृवमा युवा नरहेको देश हो । भनिछ – ‘युवामा उर्जा र वृद्दमा अनुभव हुन्छ । त्यो उर्जा र अनुभव दुवैलाई जोड्न  मात्र सकियो भने देश बिकास र सम्बृद बन्छ । युवा भनेको देशको अनमोल, अनन्त शक्ति हो । देशको भविष्यको सबैभन्दा ठूलो पुँजी हो । युवा वर्गको विशिष्ट शक्तिलाई राष्ट्र निर्माणको सन्दर्भमा समेट्नु आजको आवश्यकता हो ।’ माक्र्सले –‘युवाहरु हो ! जिते संसार छ, हारे केहि पनि  छैन भनेर जित्नका लागि संसारभरका युवा बर्गमा आव्हान गरेका थिए ।’ वास्तवमा, युवाहरू नै राष्ट्रको परिवर्तनगामी शक्ति हुन् । त्याग, निष्ठा, बलिदान र नव–निर्माणको सुन्दर भावनाद्वारा प्रतिबद्ध युवाहरू राष्ट्रको अमुल्य निधि एवम् उदयीमान् शक्ति मानिन्छ । यी कुरा कुनै कार्यक्रममा दिइने प्रबचन र भाषणमा मात्र सिमित हुदै आएको सर्बबिदितै छ ।

युवा राजनीतिकमा आउँन नचाहेको पनि होईन्न । राजनीति फोहोरी खेल हो भन्दै पन्छिने युवाको जमात  पनि छ । पछिल्लो समय हेर्ने हो भने, केहि युवाहरु स्वतन्त्र रुपमा उभिएर देशकै ठुलो महानरपालिका पनि नेतृत्व गरिरहेका छन् । तर दलगत चस्मा र स्वार्थका आँखाबाट केहि माथि उठेर हेर्दा अहिलेका नेताहरु प्राय; गुटमा रमाउने, एक अर्कालाई पदकै लागि धोका दिने, सत्ता जोडका लागि आफुलाई फाइदा हुन्छ भने कहिले को संग –कहिलेको संग जोडिने परम्परा छ । त्यो नै नेपालि राजनीतिकमा युवाहरुलाई मुख्य चुनैती रुपमा देख्न सकिन्छ । मुख्य त बेरोजगार युवाहरुलाई रोजगारीमा अग्रसर गराउनु पहिलो दायित्व स्थानीय सरकारको भूमिका पनि हो । तर यहाँ स्थानीय तहको सरकार फेरिए संगै कर्मचारी फेर्ने प्रचलन पनि देख्न सकिन्छ । आफ्नै पार्टी निकटको कर्मचारीले स्थानीय तह मात्र नभई तिनै तहमा यस्तो प्रवृति देखिन्छ । यो पनि युवा वर्गहरुलाई एक प्रकारको चुनौती हो ।

स्थानीय तहको ५ बर्ष बितिसक्दा र नवनिर्वाचित जनप्रतिनिधि सम्म आइपुग्दा बिगतलाई हेर्ने हो भने, रोजगारमूलक व्यबसायिक तथा सिप बिकास शिक्षा र तालिमको बृद्दी, बैदेशिक रोजगार बाट प्राप्त शिप, अनुभव र पूजीको उत्पादन क्षेत्रमा प्रयोग गर्नु पर्ने देखिन्छ । र, आन्तरिक रोजगारमा युवाहरुलाई अग्रसर गराउने, क्षमता बिकास स्वरोजगार, रोजगार र आय आर्जनमा सहभागिता गराउने, बैंक तथा वित्तीय संस्थाहरु संग समन्वय  गरि सहज लोन प्रकिया गर्ने यी दायित्वहरु तिनै तहमा पर्दछन । तर, स्थानीय तहहरुलाई सम्पूर्ण अधिकार दिएसंगै यस्ता विषयहरुमा चासो भने देखिएको छैन । 

राजनीतिक आरक्षणमा मौलाएको गुन्डाकर्दी, भ्रस्टचार, ठेकेदारको लापर्वाही, सरुवा बढुवा तथा सामाजिक अपराधमा राजनीतिक संरक्षण जस्ता क्रियाकलापले युवा र शिक्षित वर्गलाई राजनीतिप्रति दिनप्रतिदिन विष्तृणा फैलाईरहेको छ ।  जसले गर्दा युवाहरुमा नैरास्यता र बाध्यामक परिस्थितिले बिदेशिनु पर्ने अवस्था प्रस्ट देख्न सकिन्छ । नेपालमा रोजगारीको सम्भावना नभएर उर्जाशील,गतिशील,श्रमशिल युवाहरु बिना काम बस्न बाध्य छन । 

सृजनशील युवा पार्टीमा शक्ति प्रदशन गर्ने ढाल बनेका छन । देश यसरी अस्थिर हुनुको प्रमुख कारण युवा बेरोजगार नै हो । यसरी युवाहरुलाई सदैब पछाडी छाडिनु र तिनको मुद्दाको सुनुवाई नहुनुको प्रमुख कारण मुलधारको नेपाली राजनीतिमा सशक्त युवाहरुको प्रतिनिधित्व नहुनु नै हो ।

 अहिलेको हाम्रो पुस्ताको युवाहरुले सोचेको, हामीले यस्तो भबिस्यको परिकल्पना गरेका छौ । हाम्रो भिजन यस्तो छ,  यसरी गयौ भने रोजगार दिन सकिन्छ, नीति नियममा भएका कमिकजोरीहरुलाई  यसरी पुन:संशोधन गरौ, भनेर मुलधारको नेतृत्वलाई सुनाउने, उनीहरुको कुरा गम्भीर रुपमा लीइदिने राजनीतिक नेतृत्वबिरलै छ । जो क्षमता भएका ,केहि गरौ भन्ने  नेतृत्व बहुसंख्यक युवाहरुको पहुंच बाट  टाढा छन्  । 

धेरै समय बैदेशिक रोजगार बाट बिश्राम  लिएर  नेपाल फर्किएका केहि युवाहरु अब नेपालमै केहि गरौ, जे गरिन्छ नेपालमै गर्ने, उतै मर्ने, अब विदेशको भूमिमा आफ्नो उत्पादनशिल उमेर खेर नगर्ने, सानो व्यबसाय भए पनि गर्ने नेपालमै रमाउने ,थोरै लगानी भए पनिं परिवार संग रमाउने, त्यो सोचाई लिएर फर्किएका केहि युवाहरु नेपालको महंगी, सरकारी कार्यालयको सिस्टम, हरेक क्षेत्रमा भएका बेतिथी/विसंगति मौलाउदै गईरहेको अबस्था, प्राईभेट स्कुलहरुको चर्को शुल्क, अनियन्त्रित सवारी लेन, वाताबरण प्रदुषण, हरेक क्षेत्रमा प्रयोग हुने राजनीतिक बाट  वाक्क/दिक्क भएर पुन :बैदेशिक रोजगारको गन्तब्य तय गर्न बाध्य छन् । 

अब पनि युवा नेतृत्व निर्माणमा लगानी  गरिएन भने, युवाको क्षमता परिक्षण भएन भने, युवालाई आन्दोलनमा मात्र  प्रदर्शन गर्ने हो भने, युवाहरुको सहभागिता शुन्य भयो भने, युवालाई राजनीतिक हस्तक्षेप हुने  हो भने, अबको १० वर्ष भित्रमा युवाहरुको खडेरी पर्छ । युवा खडेरी  हुने नै देश संकट हुनु हो ।

लेखक रेडियो स्वर्गद्वारी एफ. एम प्युठानका स्टेशन म्यानेजर हुन ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर