• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

थप ८ सय १४ जनामा कोरोना संक्रमण पुष्टि 

काठमाडौं । नेपालमा थप ८ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ७ सय ६२ पिसिआर परिक्षणका क्रममा ५ सय ९ जना र २ हजार ६ सय ५३ एन्टीजेन परिक्षणका क्रममा ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

कोरोनाका कारण मंगलबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप २ सय ९९ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ७० हजार ६ सय २५ जना निको भएका छन् । हाल नेपालमा ५ हजार १ सय ४४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर