• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

रविन्द्र मिश्रले खगेन्द्र संग्रौलामाथि गरेका '६ प्रहार'

काठमाडौं । लामो समय बीबीसी नेपाली सेवामा पत्रकारिता गर्दा रेडियो सुन्ने श्रोताहरुका आईडल थिए रविन्द्र मिश्र । उनै मिश्र पत्रकारिता छोडेर परोपकारी राजनीतिको मैदानमा उत्रीय । राजनीतिक रंगमन्चमा उत्रिएपछिका उनका दिन पुरानाजस्ता भएनन् । उतारचडावयुक्त उनको राजनीतिक यात्रामा हण्डर र ठक्करसँगै आरोप र हमलाको सिकार धेरैपटक हुनुपर्यो । 

पछिल्लो चरणमा वामपन्थी सांस्कृतिककर्मी रामेशले दिएको एउटा अन्तरबार्ताको टुक्रा उनले पनि सामाजिक सञ्जाल ट्विटरमा साझा गरे । त्यसमा आफ्नो सानो टिप्पणी पनि थपे । मिश्रले घनघोर गणतन्त्रवादी रामेश समेत अहिले राजा नै ठिक रहेछन् भन्ने विन्दुमा आईपुगेको लेखेका छन् ।

‘तथ्य र सत्य त यही रहेछ !’ साम्यवादी गणतान्त्रिक चेत जगाउन ‘गाउँगाउँबाट उठ, वस्तीवस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ’ जस्ता सक्तिशाली गीत गाउने रामेश जब राजा महेन्द्रको घनघोर प्रशंसा गर्ने विन्दूमा आइपुग्छन्,’ विकृत वामवादीुहरूलाई आफ्नो अडानको रक्षा गर्न संभवतः कठीन हुन्छ।’

"तथ्य र सत्य त यही रहेछ!"
साम्यवादी गणतान्त्रिक चेत जगाउन "गाउँगाउँबाट उठ, वस्तीवस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ" जस्ता सक्तिशाली गीत गाउने रामेश जब राजा महेन्द्रको घनघोर प्रशंसा गर्ने विन्दूमा आइपुग्छन्, 'विकृत वामवादी'हरूलाई आफ्नो अडानको रक्षा गर्न संभवतः कठीन हुन्छ। pic.twitter.com/BjYXCRqUPV

— Rabindra Mishra (@RabindraMishra) July 10, 2022

मिश्रको यस्तो टिप्पणीमाथि वाम बुद्धिजिवि खगेन्द्र संग्रौलाले खरो प्रतिक्रिया जनाएका छन् । अक्सर खरा शव्दबाण हान्न माहिर संग्रौलेले मिश्रलाई सटिक रुपमा भनेका छन्, ‘कोही आफ्नो निष्ठाबाट गिर्दा कसैलाई यो मैजस्तो भयो भन्ने शान्त्वनाकारी आनन्दको अनुभूति ! हैट्,मान्छे मूलाका दुःख !’

काेही आफ्नाे निष्ठाबाट गिर्दा कसैलाई याे मैजस्ताे भयाे भन्ने शान्त्वनाकारी आनन्दकाे अनुभूति!हैट्,मान्छे मूलाका दु:ख! https://t.co/m2THu0gzaz

— Khagendra Sangroula (@belakoboli) July 11, 2022

सांग्रौलाको यस्तो टिप्पणीमाथि मिश्रले ६ बुंदे प्रहार गरेका छन् ।  उनले लेखेका छन्, 

मेरो निष्ठाबारे थप बुँदा:

-अरूको पैसामा जाँड खान्छु, गाली बमन गर्छु

-साहित्य ठिकै, बौद्धिकरूपमा खोक्रो छु

-पुस्तक लेख्छु, सकभर लेखकश्वमा कर तिर्दिन

-तुच्छ भाषा सिकाउँछु

-आफ्ना सन्तान विदेशमा छन्, अरूकालाई 'नझुक्नु बरू मर्नु' भनेर उक्साउँछु

-समाज रूपान्तरणका लागि धेरै गरेको छु।

मेरो निष्ठाबारे थप बुँदा:
-अरूको पैसामा जाँड खान्छु, गाली बमन गर्छु
-साहित्य ठिकै, बौद्धिकरूपमा खोक्रो छु
-पुस्तक लेख्छु, सकभर लेखकश्वमा कर तिर्दिन
-तुच्छ भाषा सिकाउँछु
-आफ्ना सन्तान विदेशमा छन्, अरूकालाई 'नझुक्नु बरू मर्नु' भनेर उक्साउँछु
-समाज रूपान्तरणका लागि धेरै गरेको छु। https://t.co/wGaz3w7F44

— Rabindra Mishra (@RabindraMishra) August 3, 2022

यी दुई बीचको 'दोहोरी'मा 'ताली बजाउनेहरु'को ट्विटरमा लामै लस्कर देखिएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर