• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

थप ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्य 

काठमाडौं । नेपालमा थप ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ५ सय ८९ पिसिआर परिक्षणका क्रममा ४ सय ९४ जना र ३ हजार ३ सय ३७ एन्टीजेन परिक्षणका क्रममा २ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९ सय ६९ जनाको मृत्यु भएको छ । त्यस्तै थप ३ सय २४ जना संक्रमित निको हुँदा अहिलेसम्म  ९ लाख ७१ हजार २ सय ५० संक्रमित निको भएका छन् । हाल नेपालमा ५ हजार ६ सय २ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर