• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

सेसर एज्पिलिक्वेटाले गरे चेल्सीसँग थप दुई वर्षको सम्झौता

काठमाडौं ।  स्पेनीस खेलाडी सेसर एज्पिलिक्वेटाले इंग्लिस क्लब चेल्सीसंग थप दुई वर्षको सम्झौता नविकरण गरेका छन् । चेल्सीका कप्तान समेत रहेका एज्पिलिक्वेटाले सन् २०२४ सम्म क्लब रहने निर्णय गरेका हुन् । 

राइट ब्याक एज्पिलिक्वेटा सन् २०१२ मा फ्रान्सेली क्लब मार्सलीबाट चेल्सीमा आएयता ४७६ खेलमा १७ गोल गरेका छन् ।यस अघि उनी स्पेनिस महारथी बार्सिलोना जाने हल्ला चलेको थियो । 

चेल्सी रहँदा उनले  प्रिमियर लिग, एफए कप, लिग कप, च्याम्पियन्स लिग, युइएफए सुपर कप र फिफा क्लब विश्वकप उपाधी जितेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर