• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

जसपा कार्यकारिणी समितिबाट रेणु यादव आउट  

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले नेत्री रेणु यादवलाई कार्यकारिणी समिति र राजनीतिक समितिबाट हटाएको छ । वीरगन्जमा बसेको केन्द्रीय समिति बैठकमा उनले राजीनामा दिएको घोषणा गर्दै पार्टीको कुनै भूमिकामा नरहेको बताएकी थिइन् । 

जसअनुसार पार्टीले उनलाई कार्यकारिणी र राजनीतिक समितिबाट हटाएको हो । तर उनको नाम केन्द्रीय समितिमा भने कायम छ ।  ४६६ सदस्यीय केन्द्रीय समितिमा उनको नाम ३०१ नम्बरमा रहेको छ । जसपाबाट डा.बाबुराम भट्टराई अलग भएपछि उनका पक्षमा रहेका केन्द्रीय सदस्यहरुलाई हटाएर अध्यक्ष उपेन्द्र यादवले ४६६ सदस्यीय केन्द्रीय समिति बनाएका छन् । केन्द्रीय समिति पुनर्गठन गर्दा त्यसमा केही नयाँ नाम थप गरिएको छ । यसअघि ४९९ सदस्य केन्द्रीय समिति थियो । 

कार्यकारिणी समिति ३४ सदस्यीय थियो । अहिले बाबुराम पक्षका नेता र रेणु यादव समेतलाई हटाएर २२ सदस्यीय बनाइएको छ । त्यस्तै, केन्द्रीय समितिको बैठकमा विधानमा भएको व्यवस्था अनुसार १५१ सदस्यीय राजनीति समिति गठन गरिएको छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर