• २०७९ श्रावण ३१ मंगलबार
  • Tuesday, 16 August, 2022

ताइवान मुद्दाः चीनप्रति माओवादी केन्द्रकाे ऐकेवद्धता

काठमाडौं ।  पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रले ताइवानमा घटित पछिल्ला घटनाक्रमप्रति ध्यानाकर्षण भएको बताएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले सामाजिक सञ्जालमार्फत चीनको राष्ट्रिय एकताप्रति बाधा हुने कुनै पनि गतिविधिमा आफूहरूको विरोध रहने धारणा सार्वजनिक गरेको हो ।

‘ताइवानमा घटित पछिल्ला घटनाक्रमप्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हाम्रो देश नेपाल र हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) एक चीन नीतिप्रति प्रष्ट छ । चीनको राष्ट्रिय एकता प्रति बाधा हुने कुनै पनि गतिविधिप्रति हाम्रो विरोध रहन्छ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर