गायिका स्मृति गौतमको ‘अल्लारे माया–२’ सार्वजनिक

काठमाडौं । काँठे लोक दोहोरी गायिका स्मृति गौतमको नयाँ गिति एल्वम ‘अल्लारे माया–२’ सार्वजनिक भएको छ। वरिष्ठ गायीका ज्ञानु राणाको प्रमुख आतिथ्यतामा राजधानीमा आयोजित एक कार्यक्रममार्फत गीत विमोचन गरिएको हो। 

यसअघि गायीका गौतम र गायक प्रताप दासको स्वरमा ‘अल्लारे माया’ बोलको गीत सार्वजनिक भएको थियो। सो गीतको सफलतापछि दर्शक र श्रोताको मायालाई कदर गर्दै आफूले अल्लारे माया–२ बजारमा ल्याएको कार्यक्रममा गौतमले बताइन्। 

गौतमको जन्मदिनको अवसर पारेर गीत विमोचन कार्यक्रम आयोजना गरिएको थियो।

विमोचन कार्यक्रममा राणाले मौलिक र मोर्डन दुवैको समिश्रणबाट बनेकोले रचना मन परेको बताउँदै सफलताको शुभकामना दिएकी थिइन्। 

गायीका गौतमको ‘कालो बजारी’, ‘पानबुट्टे चोली’, ‘टोखा छहरे त्रिशुली बजार’, ‘कामेरो’, अल्लारे माया, सानी मायालु, लगायतका गीतहरु बजारमा उपलब्ध छन्। 

गौतम ‘नेशनल पावर म्युजिक अवार्ड २०१९’ बाट सम्मानित भएकी गायीका हुन्। ‘पानबुट्टे चोली’ नामक गितबाट उनले सर्वोत्कृष्ट काठे गायिकाको अवार्ड हात पारेकी थिइन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर