• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

पद र पैसाका निम्ती हाम्रो पार्टीभित्र पनि व्यक्तिवादी स्वार्थ देखिन थालेको छ – माधव नेपाल 

काठमाडौं । नेपाल एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पद र पैसाका निम्ती आफ्नो पार्टीभित्र पनि व्यक्तिवादी स्वार्थ देखिन थालेको बताएका छन् । बिहीबार पार्टी कार्यालय तीनकुनेमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले पद नपाए गुटबन्दी गर्ने र स्वार्थका निम्ती जे पनि गर्ने प्रबृति आफ्नो पार्टीका साथै नेपालको कम्युनिष्ट आन्दोलनभित्र देखिएको बताएका हुन् ।

‘म’ बाट सुरु गर्ने प्रवृति व्याप्त गरेको र ‘म’ ले पाईन भने जस्तोसुकै कुकर्म गर्न पनि तयार हुने प्रवृतिलाई अन्त्य गरेरै छाड्नुपर्ने उनको भनाई छ । सिद्धान्त र आदर्शप्रति समर्पित हुने भावना राख्नुपर्ने र ‘म’ भन्दा भिन्न सोच राख्ने कुरामा अघि बढ्नुपर्ने उनको भनाई छ । अध्यक्ष नेपालले जनताका समस्याहरुलाई बुझ्ने गरि पार्टीको असल कार्यकर्ता भएर भूमिका निर्वाह गर्न निर्देशन दिए । 

कार्यक्रममा पार्टीको प्रशिक्षणमा सहभागीहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर