• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

माओवादीका १३ शीर्ष नेता 'ग्रिन जाेन'मा, काे कहाँबाट लड्दैछन् ?

काठमाडाैं । आगामी मङ्सिर ४ गते प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचन हुने भएसँगै राजनीतिक दलहरूलाई चुनावी चटारोले छोएको छ । २०७२ सालमा संविधान जारी भएपछि दोस्रो पटक हुन लागेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि राजनीतिक पार्टी तथा स्वतन्त्र उम्मेदवार समेत चुनावी नतिजा आफ्नो पक्षमा पार्ने कसरतमा जुटेका छन् ।

सत्तारुढ पाँच दलीय गठबन्धनले प्रदेश तथा प्रतिनिधि सभा सदस्यका लागि सिट बाँडफाँट गर्न कार्यदल गठन गरेर गृहकार्य थालिरहेको अबस्थामा माओवादीका शीर्ष नेताहरु आफुले जितेको पुरानो स्थानबाट चुुनावी मैदानमा आउने तयारीमा लागेका छन् ।

अहिलेकाे तयारीमा कुनै फेरबदल नभएमा र गठबन्धन भएकाे स्थानमा इमान्दारितापूर्वक मतदान भएमा सत्ता गठबन्धनले धेरै स्थानमा सजिलै जित्ने अनुमान गरिएकाे छ । किनभने अघिल्लाे चुनाव र स्थानीय तहकाे चुनावकाे मत परिणामसमेत हेर्दा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी मिल्दा स्वत नेकपा एमाले कमजाेर हुन पुग्दछ ।

कुन नेता कहाँबाट लड्दैछन् चुनाव ?

प्रचण्ड– माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चतिवन ३ बाट उमेद्वार बन्ने पक्का भएको छ । नेकपा माओवादी केन्द्र चितवनले पार्टी अध्यक्षलाई चतिवन तीनबाट उमेदवार बनाउने निर्णय नै गरी सकेको छ । उनी २०७४ को निर्वाचनमा पनि यही क्षेत्रबा६ निर्वाचित भएका थिए ।

दाहहालले ४८ हजार २७६ मत ल्याएका थिए भने राप्रपा प्रजातान्त्रीकका बिक्रम पाण्डेले ३८ हजार ९३५ मत ल्याएर दोस्रो भएका थिए ।  यो क्षेत्रमा आगामी निर्वाचनमा राप्रपा तथा एमाले सँग प्रतस्पिर्धा हुने देखिन्छ ।

नारायणकाजी श्रेष्ठ– पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ यो पटक पनि गोराख २ बाटै उमेद्वार बन्ने लगभग पक्का भएको छ । हुनत उनी अहिले राष्ट्रिय सभामा छन् । उनलाइ त्यही निरन्तरता दिलाउने र गाेरखामा अर्काे उम्मेदवार वा बाबुराम भट्टराइ फर्किएमा उनलाइ दिनुपर्ने तर्क पनि छ । तर श्रेष्ठले उम्मेदवार बन्ने रूची देखाएमा उनले टिकट पाउने पक्का छ । यस अघिको निर्वाचनमा उपाध्यक्ष श्रेष्ठ गोरखा २ मा २४ हजार ९३३ मत ल्याएर दोस्रो स्थान हाँसील गरेका थिए।

उक्त क्षेत्रमा नयाँशक्ति पार्टी नेपालका तर्फबाट उमेद्वार रहका डा. बाबुराम भट्टराई विजयी भएका थिए । उनले ३१ हजार ८०७ मत ल्याएका थिए । यहाँ यो पटकको निर्वाचनमा गठबन्धन नटुटेमा श्रेष्ठको विजय निस्चित रहेको छ ।

कृष्णबहादुर महारा– माओवादीका अर्का चर्चित नेता कृष्णबहादुर महारा पनि दाङ २ बाटै चुनाव लड्ने पक्का भएको पार्टी निकट स्रोतले जनाएको छ । उनले अघिल्लो निर्वाचनमा दाङको निर्वाचन क्षेत्र नं. २ बाट ४० हजार ४२ मत ल्याएर विजयी भएका थिए । उनलाई कांग्रेसका राजु खनालले २५हजार८९७ मत ल्याएर पछ्याएका थिए । गठबन्धन हुँदा कांग्रेसकाे समेत सहयाेग पाएमा उनीले जित्ने पक्का जस्तै छ ।

वर्षमान पुन– त्यस्तै रोल्पामा पूर्व उर्जा तथा अर्थमन्त्री वर्षमान पुन रोल्पाबाटै उमेद्वार हुने पक्का भएकाे छन् । उनले ०७४ को निर्वाचनमा रोल्पा १ बाट ४२ हजार ८४ मत ल्याएर वजयी भएका थिए । राेल्पामा कांग्रेसका अमर सिंह पुनले २० हजार ३३७ मत ल्याएर दोस्रो भएका थिए । एमाले तेस्राे दल बनेकाे थियाे । पहिलाे र दाेस्राे दलकै बीचमा गठबन्धन बनेमा पुनकाे जित पक्का छ । स्थानीय तहकाे चुनावमा राेल्पामा कांग्रेस र एमाले तथा नेत्रविक्रम चन्दकाे पार्टीले समेत गठबन्धन गर्दा पनि माअाेवादी केन्द्रले अधिकाँश तह सहज रूपमा जितेकाे थियाे ।

पम्फा भुषाल– ललितपुर ३ मा माओवादीको यो पटक पनि पम्फा भुसाल नै मैदानमा उत्रँदै छन् । उनले ०७४ मा २४ हजार ३६ मत ल्याएकी थिइन । ललितपुर ३ मा कांग्रेसका मदनबहादुर अमात्यले २२ हजार ३२८ मत ल्याएर दोस्रो भएका थिए । भुसालको यो पटक पनि जीत सिुनिस्चित रहेको माओवादी केन्द्रले दावी गरेको छ । किन भने यहाँ पनि गठबन्धनका दुइ ठूला दल मिल्ने वित्तिकै तेस्राे स्थानमा रहेकाे एमाले स्वत झन् पछि धकेलिनेछ ।

 

गिररिाजमणी पोख्रेल– गिररिाजमणी पोख्रेल महोत्तरी २ बाट चुनावी प्रतिस्पर्धामा जाँदै छन् । उनले २३ हजार ७७६ मत ल्याएर ०७४ मा विजयी भएका थिए भने महोत्तरी २ मा संघिय समाजवादीका लक्ष्मी महतोले १९ हजार ४९२ मत ल्याएर दोस्रो भएका थिए । अहिले समाजवादीसँग पनि चुनावी गठबन्धन हुने तयारी छ । 

अग्नि सापकोटा– सभामुख अग्नि सापकोटा पनि सिन्धुपाल्चोक १ मै उमेदवार बन्ने भएका छन् । सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नं. १ सापकोटाले  ४० हजार ५०४ मत ल्याउँदा कांग्रेसका मोहनबहादुर बसनेतले २९ हजार ७९८ मत ल्याएका थिए । साे क्षेत्रमा बस्नेतले पनि दावी छाेडेका छैनन् । तर गठबन्धनमा यस अघि जितेकालाइ प्राथामिकतामा राख्ने माेडल तय हुँदा सापकाेटा स्वत राेजाइमा पर्ने र कांग्रेससहितकाे मतले सहज रूपमा जित निकाल्ने दाउमा छन् ।

हरिबोल गजुरेल– नेता हरिबोल गजुरेल सिन्धुली २ बाटै निर्वाचन लड्ने भएका छन् । उनले यस अघि ३० हजार १७९ मत ल्याएका थिए भने सिन्धुलीको सो क्षेत्रमा कांग्रेसका नरेन्द्रजंग थापाले १८ हजार १२७ मत ल्याएकार दोस्रो भएका थिए । सत्ता गठबन्धनका कारण काँग्रेस माओवादीको भत जोड्दा ४८ हजार भन्दा बढी मत हुने भएपछि यहाँ उनको जीत सुनिश्चित रहेको छ ।

शक्तिबहादुर बस्नेत– पार्टीका शक्तिशाली नेता शक्तिबहादुर बस्नेत जाजरकोट १ मा माओवादीको दर्विलो उमेदवार रहेका छन् । उनी यो पटक पनि संघिय चुनावमा यहाँको उमेदवार हुन् । उनले ०४४ मा माओवादीको तर्फबाट ३२ हजार २८१ मत लेयाउका थिए  । जाजरकोटमा उनी सँग कांग्रेसका राजीव बिक्रम शाह चुनावी मैदानमा रहेका थिए ।  शाहले २३ हजार २८९ मत लयाएर दोस्रो भएका थिए ।

जनार्दन शर्मा– अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमबाट उमेदवार हुने पार्टी स्रोतको दावी छ । उनले २०७४मा रुकुम पश्चिमबाट ३४ हजार ४०२ मत ल्याएर विजयी भएका थिए । त्यहाँ उनीसँग नेपाली कांग्रेसका गोपालजी जङ्ग शाह प्रतिस्पर्धामा रहेका थिए । शाहले १५   हजार ६५९ मत ल्याएर दोस्रो भएका थिए । 

सुरेन्द्र कार्की पार्थ– यसैगरी झापा १ बाट नेता सुरेन्द्र कार्की पार्थलाइ पार्टीले अघि सारेको छ । यस अघि उनले ३६ हजार ११३ मत ल्याएका थिए भने कांग्रेसका विश्वप्रकाश शर्माल ३३ हजार ३१० मत ल्याएर दाेस्रो भएका थिए । शर्माले पनि साे क्षेत्रमा दाबेदारी छाेडेका छैनन् ।

देबेन्द्र पौडेल – हाल शिक्षामन्त्री समेत रहेका देबेन्द्र पौडेल बाग्लुङबाट नै निर्वाचन लड्ने बताइएको छ । उनले ०७४ को निर्वाचनमा २८ हजार ८२७ मत ल्याएका थिए । उक्त निर्वाचनमा सो क्षेत्रमा कांग्रेसका नरबहादुर पुनले १९ हजार ९०५ मत ल्याएर दोस्रो भएका थिए ।   

मातृका प्रसाद यादव– मातृका प्रसाद यादव पनि धनुषा १ बाटै निर्वाचनकाे मैदानमा उत्रने भएका छन् । उनले ०७४मा २६ हजार ४१८ मत ल्याएका थिए भने उनलाई  संघीय समाजवादी फोरम नेपालका दिपक कार्कीले  पच्छ्याएका थिए । कार्कीले १७ हजार  २९६ मत ल्याएका थिए । अहिले जनता समाजवादीकाे रूपमा रहेकाे साे पार्टी सत्ता गठबन्धनमा चुनावी सहकार्यमा छ ।

०७४काे संघिय निर्वाचनमा एमाले र माओवादी केन्द्रकाे चुनावी तालमेल भएकाे थियाे । याे पटक सत्ता गठबन्धनका ५ दल गठबन्धन गरेर अघिल्लाे चुनावमा एमालेले जितेका स्थानसमेत हत्याउने याेजनामा छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर