• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

ओखलढु‌गामा भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द

ओखलढुंगा । भाइरल ज्वरोका बिरामी बढेपछि ओखलढुंगामा विद्यालयहरु बन्द हुन थालेका छन् । पछिल्ला दिनमा जिल्लाभर नै रुघाखोकीसहित ज्वरोका बिरामी बढ्न थालेका हुन् ।

जिल्लाको लिखु गाउँपालिका ८ टारकेराबारीको जाल्पा माध्यमिक विद्यालयमा पनि अधिकांस विद्यार्थीमा ज्वरो र रुघाखोकीको समस्या देखिएपछि ५ दिनका लागि विद्यालय बन्द गरिएको छ ।विद्यार्थीहरुमा ज्वरो आउने, रुघाखोकी लाग्ने, जिउ दुख्ने, जोर्नी दुख्ने, छाती र घाँटी दुख्नेलगायतका लक्षण लक्षण देखिए पछि विद्यालय व्यवस्थापन समितिको बैठक बसेर श्रावण २९ गतेदेखि भाद्र २ गतेसम्मका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक कैलाश पौडेलले बताए ।

बालबालिकामा क्षणमा ज्वरो आउने क्षणमै ज्वरो घट्ने, शरीरका केही भागमा तापक्रम बढे पनि केही भागमा चिसोपना नै रहनेलगायतका लक्षण देखिएको उनले बताए । कतिपय बिरामीमा अधिक टाउको दुख्ने, बान्ता हुने लक्षणसमेत देखापरेको छ । यतिबेला गाउँगाउँमा  भाइरल ज्वरोका विरामी बढेका छन् । भाइरल ज्वरोका बिरामीमा कारण अस्पताल र स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप बढ्न थालेको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाका सुचना अधिकारी पुष्पराज पन्तले बताए ।

बिरामीलाई भीडभाडमा नजान र मास्कको प्रयोग गर्न उनले आग्रह गरेका छन् । पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने, पोषिलो झोलिलो र स्वस्थकरण खानेकुरा खान पनि जिल्ला स्वास्थ्य कार्यालयको आग्रह छ । बर्खामा दूषित पानीसहितको भेल पानीको मुहानमा पस्ने र सोही पानी प्रयोगका कारण पनि ज्वरोका बिरामी बढेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर